• काठमाडौं । राष्ट्रिय जनता पार्टीका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जानसक्ने संकेत गरेका छन् । त्यसका लागि केही शर्तहरु राजपाले सारेको उनले बताए । यसै सेरोफेरोमा गरेको कुराकानीः
    उपसभामुखको निर्वाचन किन हुनसकेन ?
    यसको निकास निकाल्नुपर्छ ।
    सहमति हुन्छ ?

    सभामुखले त्यसको वातावरण मिलाउनुपर्छ ।
    उपसभामुखको टुंगो आज लाग्छ ?
    निर्वाचनको कार्यक्रम आज तोक्नुपर्छ । निर्वाचनको क्यालेन्डर तोकिएपछि नोमिनेसन हुन्छ ।
    उपसभामुख तपाईंहरुले पाउने कि नेपाली कांग्रेसले ?
    उपसभामुख फरक पार्टीको हुनुपर्छ भनिएको छ । अब अहिले कसरी भन्नु कसको भनेर ।
    कसले लिने भनेर सत्तारुढ दलसँग सहमति गर्नुभएको छैन ?

    अहिलेसम्म मलाई त्यसको बारेमा केही जानकारी छैन ।
    उपसभामुखमा राजपाको दावी हो कि होइन ?
    राजपाले पाउने भयो भने पार्टीमा ६-६ जना शीर्ष नेताहरु हुनुहुन्छ । उहाँहरुले कुरा गर्नुहुन्छ ।
    त्यसभए राजपाले पाउने सम्भावना छ हो ?
    अहिलेसम्म निश्चित भएको छैन, पायो भने लिन्छ । तर, त्यसको लागि सत्तारुढ पार्टीले भन्नुप¥यो नि तपाईंहरु यो पद लिनुस् भनेर, अनि हामी नाम छनोट गर्दछौं ।

    राजपाले पायो भने कसललाई उपसभामुखको उम्मेदवार बनाउनुहुन्छ ?
    उपसभामुखमा हामीले दुई÷तीन जनाको नाम सुनिरहेका छौं । सत्तापक्षबाट पहिला प्रस्ताव आउनुपर्यो अनि न छान्ने हो ।
    सत्तारुढ दलबाट प्रस्ताव आएपछि तपाईंहरु उम्मेदवार चयन गर्नुहुन्छ ?

    हामीसँग ६-६ जना महिला हुनुहुन्छ, उम्मेदवारको कमी छैन ।
    तपाईंको पार्टीभित्र सर्वसम्मत रुपमा उम्मेदवार चयन हुन्छ ?
    ए बाबा पहिला प्रस्ताव आउनुपर्यो । त्यसपछि न कसलाई बनाउने भन्ने हो ।
    यदि प्रस्ताव भयो भने सर्वसम्म चयन गर्न सक्नुहुन्छ ?
    त्यसरी आयो भने हामी बसेर छलफलबाट टुंग्याउछौं नि ।

    हाम्रो देशका नेताहरुकै सम्पत्तिको बारेमा किन छानविनको प्रश्न उठ्न थाल्यो ?
    यसको लागि सबैभन्दा पहिला देशबाटै भ्रष्टाचार उन्मुलन हुनुपर्छ । त्यो नहुँदासम्म विकासको कल्पना गर्न सकिँदैन । यसरी भ्रष्टीकरण बढेपछि केही मुठ्ठिभर मान्छेहरु मात्रै मोटाउँछन् । जनताहरु झन् गरीव बन्दै जान्छन् । त्यसकारण नौटंकी गर्ने होइन भ्रष्टाचारी छौं भनेर आपैm डिक्लियर गरेर स्वीकारौं न । हिजो कसको प्रोपटी कति थियो, को कहाँबाट बढे कसलाई थाहा छैन । सरकारले भन्नुपर्छ गैरकानुनी रुपले कमाएको सम्पत्ति स्वच्छाले फिर्ता गर्ने समय दिनुपर्छ । तलदेखि माथिसम्म ब्यापक रुपमा भ्रष्टाचार भइरहेको छ ।

    नेपालमा भ्रष्टचार बढ्यो जनप्रतिनिधिहरुले पनि काम गरेनन् भनेर राष्ट्रिय बहस नै चलेको छ किन यस्तो भएको ?
    पहिला त तिनैतहमा अहिलेको संघीयतालाई स्वीकारेर काम गरेको देखिँदैन । अझ स्थानीय र प्रदेशमा त ५० प्रतिशत पनि काम हुँदैन । किन हुँदैन भने त्यहाँ उपयुक्त कर्मचारी नै राखिँदैन । स्थानीय तहमा कर्मचारी नियुक्ति गर्नुपर्ने प्रदेश हो । नगरपालिका, गाउपालिकाहरुमा उपयुक्त कर्मचारी छैनन्, भएपनि प्रशासकीय अधिकृत छन्, एकाउन्टेन्ट छैनन् । प्रदेश सरकारलाई आफ्नो ठाउँमा हिंडाउन सक्नुपर्छ । विकास बजेटको लागि प्रदेशले पनि निर्देशिका तयार गर्नुपर्छ । संघले पनि गाउपालिकाहरु निर्देश तयार गरेर तालिम दिनुपर्छ । संघले निर्देशिका दिने,

    अनुगमन गर्नुपर्छ अनि न काम हुन्छ । खाली भ्रष्टाचारी हो भनेर हुन्छ । भ्रष्टाचार भएको छ भने भनेर मात्रै हुन्छ ? त्यसलाई कारबाही गर्नुपर्छ ।
    जनचाहना अनुसार काम गर्न तपाईंहरु पनि कमजोर भएको हो ?
    जनप्रतिनिधिहरुले जनचाहना अनुसार काम गरेनन्, भ्रष्टाचारी भए भने उनीहरुलाई जनताले नै ह्वीप लगाइहाल्छन् नि । नेता भ्रष्टाचारी, तानशाही भयो भने जनताले कारबाही गर्ने विधि लोकतन्त्रमा जहाँ पनि हुन्छ । कोही नेता यदि साच्चिकै भ्रष्टाचारी छ भने त्यसलाई हेर्ने हाम्रो

    देशमा अख्तियारvदुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायहरु छन् । धेरै कम देशमा होला यसस्ता संवैधानिक अंग हाम्रो देशमा छ । अख्तियारको काम के हो उसले खाली खरदार, मुखिया, बहिदारलाई समात्ने हो ? यदि भ्रष्टाचारी छ भने जुन पदको भएपनि उसलाई समातेर कारबाही गर्नुप¥यो । कारबाही नगर्ने खाली भ्रष्टाचारी मात्रै भनेर हल्ला गर्ने हो भने त्यसले झन् देश बद्नाम हुन्छ ।
    अब प्रदेश नम्बर २ मा नेकपासँग मिलेर सरकार बनाउँदैहुनुहुन्छ हो ?

    यो पनि मानिसहरुले बेकारको हल्ला गरिरहेका छन् । यहाँको सरकार संकटमा परेको होइन । सरकारको समाप्ति कहिल्यै हुँदैन, उसको अविछिन्न उत्तरराधिकारी हुन्छ । अहिले नेकपासँग मिलेर सरकार बनाउने भन्ने गम्भीर विषय हो । त्यसमा अहिलेसम्म कुनै कुराकानी भएको छैन ।

    अहिलेको गठबन्धन तोडेर नेकपासँग सरकारमा जाने सम्भावना कत्तिको छ ?
    हामीले सत्तापक्षलाई त दुई अगाडिदेखि नै भनिराखेका छौं नि, ‘मुद्दा फिर्ता गर, संविधान संशोधन गर सरकारमा आउँछौं’ भनेर । हामीले यो सरकार अछुत हो भनेका छैनौं चुनावको बेला जुन प्रतिज्ञा गरेका थियौं त्यो माग पुरा हुनुपर्छ । जसरी आन्दोलनका बेला मारिएका र मुद्दा लागेर जेलमा बसेका व्यक्तिहरुको व्यवस्थापन हुनुपर्छ अनि मात्रै हामी सरकारमा जान्छौं ।

    नेकपासँग मिल्न थालेपछि तपाईंहरुको एकतामा बोलचाल नै बन्द भयो रे हो ?
    हाम्रो एकताबीच सहकार्य नै बन्द भयो, बोलचालै छैन भन्छ भने त्यो गलत हो । संसद्मै हेर्दा पनि एकअर्कासँग कुरा गरिराखेका हुन्छौं । ऋषि धमला / रेडियो एनआरएन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…