• कानेपोखरी । दुई कम्युनिष्ट पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले पुर्णता पाएको छ ।

    युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपाल मोरङको एकता पछि संघले पुर्णता पाएको हो । गत कात्र्तिक ३० र मंसिर १ गते भएको राष्ट्रिय युवा संघ नेपालको सम्पन्न राष्ट्रिय एकता भेलाको निर्देशन अनुसार सोमबार राष्ट्रि युवा संघ नेपाल जिल्ला कार्यालय बैंठकको संयोजक नविन पौडेलको अध्यक्षतामा एकता टुङ्गिएको थियो ।

    बैंठकले पूर्व युवा संघ नेपालबाट नविन पौडेलको संयोजकमा ८१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । सहसंयोजकमा पूर्व योङ कम्युनिष्ट लिग नेपालको तर्फबाट शंखर भट्टराईले जिम्मेवारी पाएका छन् ।

    बैंठकमा संघका केन्द्रिय सदस्यहरु रविन थापा, इश्वरी आर्चाय, विजयी डाँगी, रोहित कोइराला, मुकेश बुढाथोकी, खगेन्द्र सुवेदी र जिल्ला पाटी सदस्य तथा युवा फ्याक्सन इन्चार्ज अशोक दाहाल लगाएतको उपस्थीतमा एकता टुङ्गिएको संघका संयोजक नविन पौडेलले बताए ।

    त्यसैगरी बैंठकले १६ वटा स्थानीय तह तथा पालिकाको संयोजक र सहसंयोजकको जिम्मेवारी दिर्दै नाम सार्वजानिक गरेको छ । सुन्दरहरैचा न.पा.को संयोजकमा भुषण राई र सहसंयोजकमा मिलन लुईटेल, बेलबारी न.पा.को संयोजकमा कमल लिम्बु र सहसंयोजकमा सुदिप राई, लेटाङ न.पा.को संयोजकमा इन्द्र ढकाल र उर्गेन तामाङ रहेका छन् ।

    त्यसैगरी रतुवामाई न.पा.को संयोजकमा राम कार्की र सहसंयोजकमा मिलन पोख्रेल, पथरीशनिश्चरे न.पा.को संयोजकमा सुमन लिम्बु र सहसंयोजकमा नविन जग कार्की, उर्लाबारी न.पा.को संयोजकमा राजिब लिम्बु र सहसंयोजकमा योगेन बस्नेत, रंगेली न.पा.को संयोजकमा रामनरेश पासवान र सहसंयोजकमा बमलाल खवास रहेका छन् ।

    त्यस्तै सुनबर्सी न.पा.को संयोजकमा मिलन दाहाल र सहसंयोजकमा रिकेशकुमार दास, कानेपोखरी गा.पा.को संयोजकमा कुमार फुयल र सहसंयोजकमा रचनमान गुरुङ, कटहरी गा.पाको संयोजकमा हरी राजवंशी र सहसंयोजकमा दिपेश कामत, मिक्लाजुङ गा.पा.को संयोजकमा सुशिल न्यौपाने र सहसंयोजकमा समिर राई, केराबारी गा.पा.को संयोजकमा युवराज राई र सहसंयोजकमा देवीलाल लिम्बु रहेका छन् ।

    त्यसैगरी ग्रामथान गा.पाको संयोजकमा अर्जुन गिरी र सहसंयोजकमा श्याम मगर, धनपाल गा.पा.को संयोजकमा रमेश राई र सहसंयोजकमा चन्दन शाह, जहदा गा.पा.को संयोजकमा लक्षमण राजवंशी र सहसंयोजकमा सियाराम कामत र बुढी गंगा गा.पाको संयोजकमा राजेश रावंशी र सहसंयोजकमा समिर आर्चाय रहेका छन् । विराटनगर महानगरपालिकाको संयोजक र सहसंयोजकलाई केन्द्रिय कमिटिले टुङ्गो लगाउने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…