•  

           बेलबारी

    धिमाल भाषाको चलचित्र खोरी चाम्दी (सौतेनी छोरी) को एक कार्यक्रमको बिच शुभमुहर्त गरिएको छ ।

    बेलबारी १०, माटिगाउँ स्थित ग्रामथानमा बिहिबार एक कार्यक्रमका बिच चलचित्रको शुभमुहर्त गरिएको हो ।

    धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमालले नरिवल फुटाएर चलचित्रको शुभमुहर्त गर्नु भयो ।

    कार्यक्रममा बोल्दै उहाँले चलचित्रले धिमाल समाज भित्र रहेको विकृति, विसंगति हटाएर सृजनसिल हुने प्रेरण दिन सकोस भनेर शुभकामना दिनुभयो । कार्यक्रममा धिमाल जातिय विकास केन्द्र, महासभाको पुर्व सचिव ताराबहादुर धिमाल, पुर्व केन्द्रिय सदस्य मातृका धिमाल, धिमाल विद्यार्थी मन्चको केन्द्रिय अध्यक्ष तिलक धिमाल, धिमाल पत्रकार मन्चको केन्द्रिय अध्यक्ष विजय धिमाल, माटिगाउँका माझी बाराङ मेघनाथ धिमाल, टोल अध्यक्ष धनबहादुर धिमाल लगायतको उपस्थिती रहेको थियो ।

    सन्तोष धिमाल, रेजिना धिमाल चलचित्रको मुख्य कलाकार हुन् भने अष्टनारायण धिमाल निर्माता तथा कथा लेखक हुन् । श्रीप्रसाद धिमाल र बिक्रम धिमालले निर्देशन गर्ने चलचित्रको छायांकन आत्मा धिमाल र उमेश धिमालले गर्ने छन् ।

    एक माहिनामा सुटिङ सकेर बैशाख सम्ममा चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्माता अष्टनारायण धिमालले बताउनुभयो ।

    चलचित्र निर्माणका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने निर्माण पक्षले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…