काठमाडौं । चर्चित नायिका श्वेता खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । १९८९ फेब्रुअरी ५ तारिखका दिन काभ्रेको पनौतीमा जन्मिएकी उनले आज आफ्नो ३२औं जन्मदिन मनाएकी हुन् । आज परेको आफ्नो जन्मदिनको अवसरमा उनले नेपालगन्ज (खजुरा)की २४ बर्षिया दिना परियारलाई सहयोग गरेकी छिन् । उनी आज पशुपतीनाथको दर्शन गरेपछि दिना परियारलाई भेट्न टिचिङ्ग अस्पातल पुगेकी हुन् । आफुले दिना परियारलाई भेटेपछिका केहि कुरा उनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छिन्।
उनले लखेकिछिन् “मेरो जन्मदिन , सानो कर्म-सार्थक क्षण ” म टिचिङ्ग अस्पातलको Annex (ii) को ६०४ नं क्याबिनमा पुग्दा अशक्त भएर ढलेकी थिईन् नेपालगन्ज (खजुरा)की २४ बर्षिया दिना परियार । मलाई देखेपछी झटपट उठ्न खोजिन् , मैले रोकें । मैले उनको स्वास्थ्य स्थितीबारे सोध्दै उनी सुतेको कोठामा आँखा डुलाएँ । उनी सुतेको बेड नजिकै भगवानका केही तश्विरहरु छन्, जस्लाई हरेक दिन पुज्ने गरेकी छिन् दिनाले । ” म अहिले डाक्टर र भगवानको विश्वाशमा अडेकीछु ” उनले भनिन् ।
आज मेरो जन्म दिन, भगवान पशुपतीनाथको दर्शन गरे पस्चात् मानवियताको कर्म निभाउन टिचिङ्ग अस्पातल पुगेको थिएँ । केही दिन अगाडि मेरो जानकारीमा आएको दिना परीयारको नाजुक स्थितीमा थोरै भए पनि आफुले सकेको आर्थिक सहयोग गर्नु अनी उनिलाई आँट, साहस र हिम्मत प्रदान गर्नु मेरो उद्देश्य थियो । कुनै मिडिया मार्फत दिनाले खेपिरहेको आर्थिक संकटलाई प्रस्तुत गर्न पाए उपचार खर्च जुटाउन सहयोग पुग्ने थियो भन्ने उनको परिवारको आशय अनुरुप मैले लोकप्रिय संचारकर्मी उत्सव रसाइलीलाई दिनाको रिपोर्टिङ्ग गरिदिन आग्रह गरेकी थिएँ । यो आग्रहलाई उत्सवले सहजै स्विकार गरिदिए ।
यो मेरो सानो प्रयास हो । आफु मानव भएर जन्मनुको कर्तब्य निर्वाह गरेर मानवकै बर्गमा आफुलाई सम्मिलित गर्ने झिनो कार्य । “जन्म किन हुन्छ ?” भन्ने प्रश्नमा धेरैजना को उत्तर “मर्न” भन्ने हुन्छ । तर मान्छेको जीवनलाई जन्म र मृत्युसंग मात्रा तुलना गर्नु भनेको लाचारी बाहेक केही होइन । हाम्रो जन्म भएको केही कर्म गर्नको लागि हो जस्ले समाज परिवर्तनमा सानै भए पनि देन मिलोस् । अत: मेरो यो झिनो प्रयासलाई मैले बिज्ञापनको रुपमा होइन जानकारीको रुपमा प्रस्तुत गर्न खोजेकी हुँ ताकी दिना परियारहरु जस्तालाई रोगसंग लड्ने शक्ती मिलोस् । हाम्रो सानो प्रयासले कसैको जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ भने, किन नगर्ने ।
मेरो उपस्थितिले दिनाको ओँठमा मुस्कान छायो, मैले ठुलो गिफ्ट पाएँ । कपडा सिलाएर जीवन चलाईरहेकी दिना परियारले छिट्टै निको भएर मलाई राम्रो ड्रेस सिलाइदिन्छु भनेकी छन् । मैले अर्को जन्मदिन मनाइरहँदा उनले सिलाएको पहिरन पहिरिन पाएँ भने त्यो मेरो लागि ठुलो गिफ्ट हुनेछ । दिनाले क्यान्सरलाई जित्न सकुन , मेरो शुभकामना ।