• काठमाडौं, २२ माघ । शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन खोजिएको भन्दै आफू त्यसको विरुद्धमा आमरण अनशन बस्ने चेतावनी दिएका छन् । गिरीले बि. एण्ड.सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको काण्ड बाहिर आईसक्दापनि सरकारले उनीमाथि कुनै छानबिन नगरेकोमा थापाको गुनासो छ ।
    उनले गिरीविरुद्ध आजकै दिन अर्थात माघ २२ गते अनशन बस्छु भनेर यसअघि रिपोर्टर्स क्ल्ब नेपालमा पत्रकार सम्मेलन गर्दै अनशन बस्ने घोषणा गरेका थिए । उनले आजबाट सुरु गर्ने अनशन आउने फागुन ३ गते बस्नेगरि पर धकलेको जानकारी गराए । घुस काण्डबारे अहिले संसदमा पनि कुरा उठिरहेकोले र आफ्नो आन्दोलनप्रति व्यापक जनसमर्थन जुटाउने उद्देश्यले आफूले आज बस्ने भनिएको अनशनको कार्यक्रमलाई आगामी फागुन ३ गतेलाई सारेको जानकारी दिए ।

    बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूमाथि पछिल्लो समय ‘सुरक्षा–थ्रेट’ पनि बढेको सुनाए । उनले भने,‘म माथि सुरक्षा थ्रेट बढेको छ, यसको हामी संगठित रुपमा प्रतिकार गर्ने तयारीमा जुटेका छौं ।’ उनले आयोगका उपाध्यक्ष गिरीले केही भिजिलान्ते र कुण्डले–मुण्डले पालेको भनेर गम्भिर आरोप समेत लगाए । उनले भने,‘हामी पटक पटक आयोगका कार्यालय ज्ञापनपत्र बुझाउनका लागि गयौं । तर, गिरीले गुण्डा र भिजिलान्ते लगाएर हामीलाई कार्यालय जानै दिएनन् ।’ उनले छिट्टै संघर्षका कार्यक्रम पनि तयार गर्नुपर्ने भएकोले आजको अनशनलाई १० दिनपछि धकेलेको स्पष्ट पारे ।

     

    उनले आफूलाई प्रसाईको मान्छे भनेर पनि आरोप लगाउने गरिएकोमा गुनासो पोखे । उनले भने,‘प्रसाईसँग मेरो कुनै व्यक्तिगत चिनजान छैन् । उहाँसँग सम्पर्क पनि छैन् ।’ उनले दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउने काम भएको र घुस काण्डमा मुछिएका गिरीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।

    उनले भने,‘सम्पूर्ण घट्नामा म संलग्न छु । हिम्मत भए मलाई पक्राउ गरेर देखाउ ।’ उनले प्रहरी प्रशासनले खोजिरहेका दुर्गा प्रसाईलाई पनि सम्पर्कमा आउन आग्रह गरे । ‘यो प्रकरणमा दुवैमाथि छानबिन हुनुपर्छ । हामी दुर्गा प्रसालाई केही पनि हुन दिन्नौं । म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु ।’ जायज माग राखेर आन्दोलनका कार्यक्रम अघि बढाउँदा आफूमाथि गुण्डागर्दीको आरोप लगाउने काम भएको पनि उनले गुनासो पोखे ।

    उनले भने,‘मलाई कहिले मार्सी चामलको झोले भनिन्छ, मलाई विभिन्न आरोप लाग्दै आएका छन् । कहिले योगेश भट्टराईको गुण्डा भनियो, ती सबै आरोपमा सत्यता छैनन् ।’
    उनले आयोगका उपाध्यक्ष गिरीले घुस मागेको कारण आफूहरुले राजीनामा मागेको स्पष्ट पारे । उनले भने,‘यो प्रकरणमा छानबिन होस् । यति छानबिन गर भन्दा उहाँले उल्टै जिल्ला प्रशासन कार्यालयलाई कारबाही गर भनेका छन् । यसका लागि म पछाडि हट्दिन् । म माथि अभद्र मुद्दा लगाउँछु भनिएको छ, लगाए हुन्छ । गिरीलाई भन्न चाहन्छु तपाई पनि कानूनी दायरामा आउनुहोस् ।’

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…