• अर्जुन कुमार राई

    मोरङ । प्रदेश १ को नाम "लिम्बुवान किरात" लिम्बुवान नामाकरण गराउन २१ वटा संगठनहरु सहमत भएका छन ।

    आज (माघ २२) सुनसरीको इटहरीमा भएको भेलाले गरेको निर्णयमा पत्रकार सम्मेलन गरि धारणा सार्वजनिक गरेको हो ।

    प्रदेश १ को हिउदे अधिबेसन भोलि (माघ २३) गते बाट सुरु हुँदैछ । अधिवेसन मार्फत प्रदेशको नाम लिम्बुवान किरात राख्न प्रदेशको सभामुख र मुख्यमन्त्रीलाई ज्ञापन पत्र दिने र सुनुवाइ नभए शसक्त आन्दोलनको कार्यक्रम अघि बढाउने वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रदेश ३ र ४ मा जस्तो प्रदेश १ मा नझुक्ने समेत उल्लेख छ |

    राज्यपुन संरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका प्रदेशहरु पहिचानको आधारमा सुनिश्चित हुनुपर्ने थियो सो विपरित ७ प्रदेशको घोषणा गरियो र प्रदेशहरुको नामाकरण गर्दा उत्पीडनकारी सामन्ती केन्द्रीकृत एकात्मकवादी चिन्तन झल्केको उल्लेख छ ।

    पञ्चायती शैलीमा जबरजस्ती ढंगले गण्डकी, बागमती लगायत नामहरु राखिएको प्रति हामी खेद व्यक्त गरिएको छ ।

    ऐतिहासिक पृष्ठभूमिको आधारमा नाम "लिम्बुवान-किरात" नराखिए आन्दोलन जारी रहने चेतावनी दिइएको छ ।

    प्रदेशको भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पहिचानको आधारमा "लिम्बुवान-किरात" प्रदेश प्राप्तिका लागि उठेका राजनीतिक आन्दोलनहरु, नेपाल सरकारसँग पटकपटक भएका सहमतिहरु जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनलाई मध्य नजर गर्दै नाम पहिचानको आधारमा गरिले उल्लेख छ ।

    प्रदेश सभा सदस्यहरु, प्रदेश सरकार र राजनीतिक दलहरुका नेताहरुले ध्यान पुर्‍याउन अनुरोध गर्दै प्रदेशको नाम "लिम्बुवान किरात" राख्न अपील गरेका छन ।

    विज्ञप्तिमा नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालको संयोजक मुक्सामहाङ, मेन्याङबो, समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संवद्द संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङ्देन, नेकपा सम्बंद्द किराती रास्ट्रीय मुक्ति मोर्चा, नेपाल अध्यक्ष राजन किराती, किरात याक्खा छुम्मा अध्यक्ष लिला रोगुको हस्ताक्षर रहेको छ ।

    त्यसैगरी धिमाल जाति बिकाश केन्द्र अध्यक्ष तेज नारायण धिमाल, किरात याखा लोकतान्त्रिक मुक्ति मोर्चा अध्यक्ष्य भुपाल जिमी, नेपाल आदिबासी जनजाति महासंघ प्रदेश न .१ अध्यक्ष ध्रुब कुमार मेन्याङबो, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणबिर सुनुवार, कोचिला रास्ट्रीय मुक्ति मोर्चा अध्यक्ष हँसलाल राजबंसी, राजबंसी समाज बिकास समिति अध्यक्ष भिमराज राजबंसी, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तम सिं थाङदेन, किरात याक्थुङ चुम्लुङ, अध्यक्ष योगराज लिम्बु वनेम लगायत २१ वटा संगठनको नेताहरुको हस्ताक्षर रहेको छ ।

    "लिम्बुवान किरात" संघर्ष समितिले सरकार र पार्टी नेताहरुलाई ज्ञापनपत्र बुझाउने, जिल्ला संयुक्त संघर्ष समितिहरु गठन गर्ने, जनमत सिर्जनाको अन्तर्कृया गर्ने, खबरदारी कोणसभा गर्दै आवस्यकता सुनुवाइ नभए आन्दोलन गर्ने उल्लेख छ ।

    "लिम्बुवान-किरात" संयुक्त संघर्ष समितिमा आवद्द संगठनहरु

    १, नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, नेपाल संयोजक मुक्सामहाङ मेन्याङबो

    २, समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम

    ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङ्देन मिराक

    ४, नेकपा सम्बंद्द किराती रास्ट्रीय मुक्ति मोर्चा, नेपाल अध्यक्ष राजन किराती

    ५, किरात याक्खा छुम्मा अध्यक्ष लिला रोगु

    ६, धिमाल जाति बिकाश केन्द्र अध्यक्ष तेज नारायण धिमाल

    ७, किरात याखा लोकतान्त्रिक मुक्ति मोर्चा अध्यक्ष्य भुपाल जिमी

    ८, नेपाल आदिबासी जनजाति महासंघ प्रदेश न .१ अध्यक्ष ध्रुब कुमार मेन्याङबो

    ९, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणबिर सुनुवार

    १०, कोचिला रास्ट्रीय मुक्ति मोर्चा अध्यक्ष हँसलाल राजबंसी

    ११, राजबंसी समाज बिकास समिति अध्यक्ष भिमराज राजबंसी

    १२, समाजबादी पार्टी सम्बंद्द शिल्पी बिशेस क्षेत्रका प्रदेश १ अध्यक्ष नरेश कुमार बिश्वकर्म

    १३, संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सम्बद संघीय दलित शिल्पी मंच अध्यक्ष्य रमेश गजमेर

    १४, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तम सिं थाङदेन

    १५, किरात याक्थुङ चुम्लुङ, अध्यक्ष योगराज लिम्बु वनेम

    १६, याक्थुङ युवा मञ्च, अध्यक्ष भुपेन्द्र खुदाङ

    १७, लिम्बु विद्यार्थी मञ्च, अध्यक्ष दीपा लक्सम

    १८, लिम्बुवान स्प्रीङ आन्दोलन, अभियन्ता टंक सेलिङ

    १९, याक्थुङ लेखक संघ केन्द्रीय प्रतिनिधि रोहित आङबो

    २०, समाजबादी पार्टी सम्बंद धिमाल स्वायत्त क्षेत्र समिति केन्द्रीय अध्यक्ष बांगाई धिमाल

    २१, लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा ( नेकपा क्रान्तिकारी ) अध्यक्ष्य नरेन्द्र नेम्बाङ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…