लीलाराज झापाली (३५) पूर्वमा दुई दशकदेखि पत्रकारितामा सक्रिय रहनुभएको छ । पत्रिका हकरदेखि सम्पादक प्रकाशक सम्मको अनुभव अगाल्नुभएका उहाँ कनकाई नगरपालिका ३ , सुरुङ्गामा श्रीमती रुमा छोरी आर्जु र छोरा आर्यनका साथमा रहदै आउनुभएको छ ।
हाल गोरखापत्र दैनिकका बिर्तामोड समाचारदाता तथा आफ्नै सम्पादन तथा प्रकाशनमा ६ बर्षदेखि कनकाई साप्ताहिक र कनकाई अनलाईन समेत संचालन गर्दै आउँनुभएको छ । बिर्तामोडको पूर्वाञ्चल दैनिकबाट पत्रकारिताको सुरु गर्नुभएका झापालीले यसअघि राष्ट्रिय समाचार समिति , पाथिभरा एफ एम , मेची टाइम्स दैनिक, हिमशिखर टिभी , मेची ट्युन्स एफएम, विवेचना दैनिक लगायातमा काम गरिसक्नुभएको छ । उहाँको आरोहअवरोह जान्ने प्रयास गरेका छौ ।
कहाँ जन्मीनुुभयो ?
म झापाको साविक सुरुङ्गा गाविस ७ हालको कनकाई नगरपालिका ५ मा जन्मिएको हो ।
कस्तो परिवारमा ?
अत्यन्तै गरिब परिवारमा, मेरो जन्म भएको हो । यदिसम्मकी म जन्मिदा मेरा बुबा अकैँकोमा बस्नुभएको थियो रे अनि मेरो दाजु सानो ९ महिनाको हुदा राम्रो औषधि नहुदा मृत्यु भएको थियो रे मैले पछि सुनेको म माइलो छोरो भएर जन्मे तर दाजुको मृत्युपछि बाध्यताले जेठो हुनपुगे ।
बाल्यकाल कसरी बित्यो ?
अभावै अभावविच वितेको थियो । मेरी आमाले म ठुलो हुदापनि एसएलसीसम्म यो छोरालाई पढाउछु भनेको सुनेको थिए तर मैले आफ्नै प्रयासमा एमएड सम्मको अध्यान गर्नपाए जुन मेरी आमाको कल्पना भन्दा बाहिरको बिषय थियो ।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
एसएलसीको अध्यानपछि कलेजमा म अतिरिक्त क्रियाकलापमा देखिन थाले म खासमा कविता र लघुकथा लेख्ने गर्दथिए । त्यसवेला झापामा दुईवटा अखबार थिए पूर्वाञ्चल र विवेचना मेरा कथाहरु पूर्वाञ्चलमा छापिरहन्थे । पत्रिका लिन बिर्तामोड जानुपर्दथियो । सुरुङ्गामा आक्कलझुक्कल पत्रिका आउने गर्दथियो । पत्रिका लिन अपिसमा जादा मेरो भेट त्यसवेलाका पत्रकारहरु मोहनकाजी, स्वर्गिय मदन ढकाल, एकराज गिरी, सुब्रत न्यौपानेसग भयो । उहाँहरुले मलाई नियमित पत्रिका पठाउछौ बरु बाढ्ने व्यावस्था मिलाउ भन्नुभयो मैले सुरुमा २५ कपि पत्रिका मागेर गाउँ बजारतीर आफै बाढ्न थाले पछि मोरङबाट क्याम्पस पढ्न आउने मेरा मित्र खड्ग वेदना पनि मेरो साथी हुनपुगे उनी र म मिलेर क्याम्पसमा भिते पत्रिका निकाल्ने र हास्य नाटक गर्ने गर्दथियौ पछि पत्रिका बाढ्ने काम मैले खड्ग वेदनालाई दिए, म समाचार र विज्ञापनमा लागे ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
समस्या थियो । अहिले जस्तो मेल गर्ने चलन थिएन समाचार लेखेर फ्याक्स गर्नुपर्दथियो । कहिलेकाही त फ्याक्स अड्किएर ३÷४ दिनमा पनि पुग्थ्यो । दुर्घटनाको समाचार सम्बन्धित व्याक्तिले समाचार हेरेर मेरोजस्तै कुन मान्छे दुर्घटनामा फेरि परेछ भनेर भनेको पनि सुनेको छु । माओवादीका ससाना कार्वाही पनि प्रमुख समाचार हुने गर्दथिए । रिलवाला क्यामेराबाट फोटो खिचेर रिल धुलाउदा सबै बाकी रिलपनि कतिपट्क खेर गएको छ । पछि सानो डिजिटल क्यामेरा आउनथालेपछि काम गर्न साह्रै सजिलो भयो । समाचार लेखेर कतिपटक १२ किलोमिटर टाडाको पूर्वाञ्चल अपिसमा साइकलमा गएको छु । माओवादीको समाचार लेख्दा कतिपटक सेनाको धक्की सहेको पनि छु ।
अरु केही बन्ने सपना थियो की ?
मलाई सानोमा कित वकिल कित पत्रकारनै बन्ने योजना थियो । म सानो छदा यी दुई मानिसनै सबैभन्दा ठुलो लाग्नेगरेको थियो । सानामा मइलेपनि तिमी पछि के बन्ने भन्दा डाक्टर भन्ने गरेपनि जव मेरो ज्ञान आयो त्यसवेलादेखि डाक्टर बन्ने भन्न छाडेको हु । जुन परिवारमा डाक्टरको मुख हेर्न त नपाइ परिवारको सदस्य गुमाउनु पर्छ भने म बबुरो कसरी बन्न सक्थे र करोड खर्चिएर डाक्टर बन्न ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
मलाई कसैले ल्याएको होइन बाध्यताले आए, तर मलाई केहि अग्रज पत्रकारहरु जसको मैले नाम लिन बिर्सनुहुदैन उहाँहरुले मलाई कहिले सहयोग त कहिले असयोग गरेपनि मलाई दुबैबाट फाइदै फाइदा भयो । मदन ढकाल , मोहन काजी , एकराज गिरी , सुब्रत न्यौपानेलाई कहिले भुल्ने छैनपनि ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
संघर्षबाटै हो । सुरुका दिनमा आफैसग प्रतिस्पर्धा गर्नुपर्दथियो । पत्रकारको बेग्लै मान र प्रतिष्ठा थियो जसले गर्दा हामीलाई अगाडि वढ्न सजिलो चाहि भएकै हो ।
आफ्नै नजरमा तपाई के हो र कोहो ?
म पत्रकार हो । पत्रकार बाहेक केहि होइन । तर अझैपनि म व्यावसायिक हुन सके सकिन त्यो आजको मितिसम्म भन्न सकिरहेको छैन ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
मलाई पत्रकारका रुपमा मात्रै चिन्दा हुन्छ ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
म कहिल्यै पनि डराउदिन र आजसम्म मेरो कसैसग सानो छदाँ पनि एकपटकपनि झगडा परेको याद छैन ।
अनि कमजोर पक्ष चहि नी ?
चाडै विश्वास गर्छु साथीभाइलाई जसले गर्दा मलाई धोका पनि भएको छ । पैसाको वचत भन्दा फुर्मासी छु । साथीको भनाई काट्न सक्दिन ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
उसको अगाडिको व्यावहारबाट हो आफुले सिक्ने धारणा बनाउने ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
त्यसरी आफुलाई मैले विशेष मुल्याङ्गन गर्ने मौका मिलेको छैन ।
तपाईलाई कति खेर रिस उठ्छ ?
मलाई मानिस मरेका ठाउँ समवेदना दिन जादा पनि किरियापुत्रीलाई अगाडि उभियाएर घण्टौ भाषण ठोक्ने र कार्यक्रममा आवश्यकताभन्दा वढी अतिथि बोलाएर आसनग्रहण र भाषण ग्रहण गराउँदाचै अचाक्ली रिस उठ्छ ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
वढी दुःखी र खुसीहुदा पनि म भावुक हुने गर्दछु ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
संयमित छु धर्यता गुमाएको छैन ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
आफुले लेखेका समाचारहरु ब्यानर न्युज बनेर आएको वेला अनि समाचारकै कारण सुधारका काम भएका वेला खुसी हुने गरेको छु ।
तपाईका दुःखहरु के हुन् ?
एउटा राम्रो दैनिक पत्रिका चलाउने योजना छ तर टिमवर्क मिलेकै छैन । साप्ताहिक र अनलाईन मात्रै संचालन गरिरहेको छु ।
अनि तपाईको सुख चाहि नी ?
जहाँ गएपनि मेरो नाम भन्न साथ ऐ तपाईलाई हामी यतिबर्षदेखि सुनेको पढिरहेको भनेको सुन्दा चाहिँ खुसी लाग्छ ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
१ बर्ष अगाडि म साह्रै बिरामी भएर आइसियुमा बस्नुपर्यो । भेट्न पनि कोहीलाई नदिइदो रहेछ दिनमा एकदुईजना मात्रैलाई भेट्न दिइदो रहेछ । मेरी २ बर्षे छोरी थिएन मलाई छोरीको अनुवार हेर्न मन लागेको थियो तर हेर्न दिइएन । पछि म धेरै रोएपछि बाध्य भएर सानो छोरीलाई सानो कपडा र माक्स लगाएर भित्र आइन तर उनी बाहिर निस्कन मानिनन् मलाई पनि रुवाएर गईन उनलाई जवरजस्ती बाहिर निकालियो । मैले मन थाम्न सकिन ।
अनि खुसीको क्षण चहि नी ?
मैले एकपटक धनुषकोटीमा देउता भेटियो भनेर समाचार लेखेको थिए । पछि नभन्दै त्यो ठाउँ अहिले पूर्वकै उत्कृष्ट धार्मिक पर्यटकिय क्षेत्र बनेको छ । अर्को कुरा एकजना दृष्टिबिहीन गाउँले भाईले एसएलसी सकेर खर्च अभावले पढ्न नपाएको समाचार लेखे त्यो पत्रिका बोकेर बिर्तामोडका तत्कालिन जेसिज अध्यक्ष प्रमिस राजकर्णिकार मलाई भेट्न आउनुभयो । पछि उनी मोहन श्रेष्ठले एमएड सम्म पढे सबै खर्च प्रमिश सरले व्यार्होनुभयो । पछि बरु मइले एमएड सकिन तर मैले समाचार लेखेका उनले सके मलाई यस घटनाले जिवनमै खुसी दिएको छ ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
एकपटक म माओवादीको जनसरकार घोषणाको कार्यक्रम सकाएर घरतर्फ आउदै थिए । बाटामा साइकलमा सेनाको टोलीसग जम्काभेट भयो । मइले रिपोटिङ्ग गरेको कागजको पाना अगाडिको गोजीमा हालेको थिए । पछि फेला पार्लान भनेर चपाएरै निले । पछि सो समाचार पनि सम्झिएको भरमा लेखेको छु । यस घटनामा मइले पत्रकारिताको चर्चित वाटरगेट काण्डकै सम्झना गरायो ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
सेनाले कामरेड लालसलाम भनेको कहिल्यै विर्सन्न तर मैले लालसलामको साटो नमस्ते फर्काए । मलाई घर थर सबै सोध्ने काम भयो । एकजना गाउँले दाजु पनि हुनुहुन्थियो साथमा हामीले माओवादीको कार्यक्रमको कुरा नगर्ने तर खेतबाट आएको भन्ने भनेर पहिल्यै सल्लाह गरेका थियौ तर हामीलाई अलग अलग लगेर सोध्ने काम भएन । सुरुङ्गाको अग्नि भेट्वालाई चिन्छेस भने मैले चिन्छु भने उत्ताबाट उनीहरु कतिजना दाजुभाई हुन नाम भन भने मैले सबै उत्तर दिएपछि जा भन्ने उत्तर आयो हामी साईकलमा टाप ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
आफ्फै दर्ता गरेर आफ्नै अगुवाईमा कनकाई साप्ताहिक र अनलाईन संचालन गर्नु ।
अनि गलत चहि नी ?
कसैको भनाईमा लागेर विदेश जानु ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
विदेश जानु । र अध्ययान पूरा नर्गनु ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
आइसियुमै रोएको छु ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
आइसियुमा रोए १ बर्ष अगाडि । साथीभाई धेरैजना भेट्न आएर पनि भेट्न पाउनुभएन पछि अस्पतालका कर्मचारी साथी सन्तोस सुवेदीले अस्पतालको सिसिटिभीमा देखाइदिएर फर्किएको पनि सुने । डाक्टरले नयाँ जीवन पाउनुभयो भन्दा दुःख र खुसी दुबै भएर रोए ।
तपाईलाई कस्तो मान्छे मन पर्छ ?
आपद विपदमा पनि साथ नछाड्ने आफ्नो अनुपस्थितिमा पनि आफ्नो बारेमा कुरा नकाट्ने ।
अनि कस्तो मन पर्दैन ?
स्वार्थजोडेर संग तगर्न खोज्ने ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
मैले गर्दा यो सब सम्भव भएको हो भनेर आफ्नो प्रसंशा गरेर कहिल्यै नथाक्ने मान्छेदेखि दिक्क लाग्छ ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
पूराना नेपाली तथा हिन्दी फिल्म हेर्छु । पुस्तक र पत्रपत्रिका पढ्छु ।
पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
नयाँ नयाँ ठाउँ हेर्ने र नयाँ नयाँ परिकार चाख्ने ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
बिजयकुमारको खुसी मनपर्छ ।
अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
म स्वामी प्रपन्नाचार्यको वेदमा के छ र सरदचन्द्र बस्तीको नेपाली कसरी लेख्ने ।
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
आजसम्म कोर्षका बाहेक कुनै पुस्तक दोह्रोराएर पढेकै छैन ।
कस्ता फिल्म हेर्नुुहून्छ ?
भ्याएसम्म सिनेमा हलमा आएका र समिक्षकहरुले राम्रो भनेका सबै फिल्म हेर्ने गरेको छु । फिल्म हेर्न म हलमै पनि प्राय गइरहेको हुन्छु ।
तपाईलाई मनपर्ने फिल्म ?
२० बर्ष पहिले हेरेको थिए अंगेजी फिल्म द क्रयास म्यान जस्तो लाग्छ जहाँ एकजनामात्रै कलाकार हुन्छन उनले नरिवल माछालाई साथी बनाउँछन उनले जीवन जिउनका लागि गरेको सङ्घर्ष मलाई त्यसवेला प्रेरणादायी पनि बनेको थियो ।
दोहोराएर हेर्नुभएको फिल्म ?
नेपाली फिल्म तिलहरी र हिन्दी फिल्ममा सोले ।
तपाईलाई म पर्ने हिरो हिरोइन ?
राजेश हमाल र करिष्मा मानन्धर ।
तपाईलाई रुवाएको फिल्म ?
नेपाली फिल्म झोला र हिन्दी फिल्म धड्कनले रुवायो ।
मनपर्ने गायक–गायिका ?
नारायण गोपाल र अन्जु पन्त ।
मनपर्ने ठाउँ ?
इलाम ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
पुष्पकमल दाहाल प्रचण्ड मनपर्छ जसले आफ्नो जिन्दगी दाउँमा राखेर ३ करोड नेपालीको भाग्यका लागि लडाई लड्नुभयो ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
नेश्नल मण्डेला मनपर्छ ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
जन्मदै होलान ।
तपाईको आदर्श को हो, किन ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन । एउटा सामान्य चिया पसलेका छोरा भएर पनि शक्तिशाली मुलुकका दुई दुई पटक प्रधानमन्त्री बने ।
नेपालका मन पर्ने साहित्यकार ?
विपि र देवकोटा ।
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
कम्तीमा एउटा विषयमा पिएचडी नभएपनि डिग्री सकेको भए ।
अनि यो समाजप्रति चहि नी ?
पत्रकारीता पनि एउटा पेशा हो भन्ने बुझिदिए हुने । सबैको पैसा तिरेपनि अन्तिममा पत्रिका र विज्ञापनको पैसा दिने चलन जो छ ।
जीवन के रहेछ ?
यात्रा हो जीवन । वाचुन्जेलसम्म यात्रा चलिरहन्छ । भनाईनै छनि बाचुन्जेल हासखखेल मरेपछि तास खेल यस्तै होला जीवन ।
बाँकी योजना र सपना कस्ता छन् ?
अनलाईन र पत्रिकालाई थप परिस्कृत बनाउदै लैजाने । हप्तामा दुइवटामात्रै होस तर खोजमुलक र समाजका लागि पत्रकारिता गर्ने हो ।
पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
साथीभाई र समाजलाई राम्ररी बुझ्ने मौका पाए जुन अरु पेशाबाट सम्भव नहुन पनि सक्थियो ।
अनि के गुमाउनु भयो ?
विदेश जानेहरुको जतिको श्रीसम्पति जोड्न चाहि सकिएन ।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
यहाँ पत्रकारिताको कार्ड बोकेरैत मस्ती जिन्दगी बाँचेकै छन भने काम गर्नेलाई त किन जतिपनि सम्भावना छ नि ।
नयाँलाई के सुझाव दिनुहुन्छ ?
पत्रकारितामा आउनुपुर्व गाली र ताली खान सक्ने भएर मात्रै आउनुहोस । पत्रकारितामा पहिले अध्ययान त्यसपछि अभ्यास अभ्यास अभ्यासको जरुरत छ । संगतले पनि धेरथोर असर त नगर्ने कुरै भएन । समाचार नचिन्ने पत्रकार र रोग नचिन्ने डाक्टर दुबैको काम छैन । पैसा हुदापनि नहुदापनि यो पेशालाई निरन्तता दिनसक्नु पर्छ । पत्रकारिता ढल्केमा गएर १६ सयमा टमाटर किनेर ल्याएर बिर्तामोडमा ४ हजारमा बिक्री गरेजस्तो चाहिँ होइन यति बुझे पुग्छ ।