• काठमाडौं । नेपाली मदिराका ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा पुगेर आफ्नो उत्कृष्टता सावित गर्दै अन्तर्राष्ट्रिय अवार्डसमेत जित्न सफल भएका छन् ।

    विजय डिस्टिलरी प्रालिबाट उत्पादित रुस्लान भोड्का यस्तै प्रख्यात अन्तराष्ट्रिय ब्राण्ड हो जस्ले मोन्डे सेलेक्सन बेल्जियम फ्रोस्ट एन्ड सुलिभान बिजनेस अवार्ड जित्न सफल भएको छ। रुस्लानले यस्तै प्रख्यात अन्य अवार्डसमेत जितेको छ ।

    अन्तराष्ट्रिय अवार्डले सम्मानित रुस्लानको उत्पादन गर्ने कम्पनी नेपालभित्र राजस्वमा योगदान गर्ने ठूलो साझेदार पनि रहेको छ। यसले ०७४–७५ र ०७५–७६ मा गरेर अन्त शुल्क र भ्याट गरी ६ अर्ब त्रिचालीस करोड ४५ लाख ५८ हजार ४५ रुपैयाँ राजस्वमा योगदान गरेको छ ।

    अन्तर्राष्ट्रियस्तरको सम्पूर्ण प्रकृया पुरा गरी उत्पादन भएको रुस्लान भोड्कालाई प्रयोगशालामा परिक्षण गरेर खरो पाइएपछि वजारमा पुर्‍याउँदै आइएको कम्पनीले जनाएको छ।

    भोड्कामा हुनुपर्ने गुणस्तर अन्तर्राष्ट्रियस्तरको रहेको हुनाले नै वषौंदेखि निरन्तर रुपमा उपभोक्ताहरुको बीच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दावी कम्पनीको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको रुस्लान भोड्काले अन्तर्राष्ट्रिय अवार्ड जित्दै पारखीको रोजाइमा पर्न सफल भएको जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रालिले दावी गरेको छ ।

    कहाँ र कसरी उत्पादन हुन्छ रुस्लान भोड्का ?
    जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अनुसार साविक जिल्ला नवलपरासी अमरौट गा.वि.स.वडा नं.१ हाल रामग्राम नगरपालिका वडा नं.१४ स्थित कारखाना रहेको बिजय डिष्ट्रीलरी प्रालिले रुस्लान भोड्का उत्पादन गर्दै आइरहेको छ ।

    बिजय डिष्ट्रीलरीबाट उत्पादन हुँदै आएको भोड्का एक्स्ट्रा न्यूट्रल अल्कोहल इएनएको नमूना परीक्षण अत्यन्त कम टोलरेन्स लिमिट भएको मेशिनबाट नै हुँदै आएको कम्पनी प्रष्ट पारेको छ ।

    यसरी उत्पादन हुने रुस्लान भोड्काको परिक्षण पश्चात प्राकृतिक सुगन्ध मात्र प्रयोग गरी आफ्नै कारखानाबाट उत्पादित लवणरहित पानी (डीएम वाटर) बाट मिश्रण तयार गरिने कम्पनीले जनाएको छ ।

    उत्पादनको प्रक्रियाबारे जानकारी दिदै कम्पनीले मिश्रण तयार गरी सके पश्चात् हरेक ब्याचको मिश्रण कारखानामा गुणस्तर परिक्षण गरिने र गुणस्तर परिक्षण पश्चात त्यस्तो मिश्रणको छड्के परिक्षण केन्द्रिय कार्यालयस्थित प्रयोगशालाबाट परिक्षण गरे पश्चात मात्र रुस्लान भोड्काको उत्पादनका लागि प्रक्रियामा अनुमति दिइने पनि बताएको छ।

    स्वास्थ्यमा कत्तिको सजग छ उत्पादन ?
    व्यक्तिको स्वास्थ्यलाई समेत मध्य नजर राखी खाद्य सुरक्षा प्रणालीलाई पूर्ण रुपमा लागु गरी उपभोक्ताको खाद्य सुरक्षाको अधिकारलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने कम्पनीले जनाएको छ।

    जसको फलस्वरुपः रुस्लान भोड्कालाई अन्र्तराष्ट्रिय स्तरको खाद्य सुरक्षा व्यवस्थापन पद्धति आइएसओः २२००० बाट प्रमाणिकरण भएको बताइएको छ।

    बोतललाई ३ तहमा वासिङ मेसिनबाट सफा गरिसके पश्चात तयार मिश्रणलाई बोतलवन्दी गर्नुपूर्व हरेक बोतललाई अत्याधुनिक स्वचालित इबीआई मेशिनबाट पठाइन्छ ।

    जसले गर्दा फोहोर बोतलहरु उत्पादन प्रकृयाबाट स्वतः अलग हुन्छन् । यसरी तयार गरिएको मिश्रणलाई वोतलबन्दी गर्नुपूर्व हरेक बोतललाई ३ तहमा वासिङ मेसिनबाट सफा गरिन्छ । तयार पारिएको मिश्रणलाई २ तहको फिल्टरेसन प्रकृयाबाट फिलिङ मेसिनमा पठाइन्छ र स्वचालित मेशिनबाट बोतलमा भरिन्छ ।

    यसरी बोतलमा भरी सके पश्चात मेशिनबाट नै बोतलको बिर्को लगाइन्छ । यसरी उत्पादन गरिने रुस्लान भोड्कामा उच्च गुणस्तर कायम गर्नका लागी गुणस्तरीय उत्पादन प्रकृयालाई सुक्ष्म रुपमा लागु तथा अनुगमन गरिने हुँदा उत्पादनहरु पूर्ण रुपमा सुरक्षित रहेको कम्छपनीले आश्वस्त पारेको छ।

    अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त गुणस्तर व्यवस्थापन मापदण्डहरु आइएसओ ९००१ (गुणस्तर व्यवस्थापन पद्धती), आइएसओ १४००१ (वातावरण व्यवस्थापन पद्धती), आइएसओ ५०००१ (उर्जा व्यवस्थापन पद्धति, जीएमपी (असल उत्पादन प्रकृया) तथा ग्रिन बिल्डिङ प्रमाणीकरण प्रमाण पत्र समेत कम्पनीले प्राप्त गरेको छ ।

    मदिराका पारखीहरुले रुस्लान भोड्का नै रोज्नुको मुख्य कारण सायद आम भोड्काहरु भन्दा यसको उच्च गुणस्तर र छुट्टै स्वाद नै रहेको दावी समेत उत्पादन कम्पनीको छ ।

    रुस्लान भोड्का पूर्ण स्वचालित मेशिनबाट उत्पादन हुने हुँदा ह्युमन इन्टरभेन्सन वा ह्युमन इररको सम्भावना समेत नरहेको उल्लेख गर्दै कम्पनीले त्यसको परिणाम रुस्लान भोड्काको उत्पादनको गुणस्तर उच्च रहेको छाप जनमानसमा पर्दा अधिकाशं उपभोक्ताहरुको रोजाईमा समेत परेको कम्पनीको दावी छ।

    भ्रममा नपर्न आग्रह
    विजय डिस्टिलरीले उत्पादनलाई स्वचालित मेशिनबाट उत्पादन गरी उत्पादनको गुणस्तर समेत उच्च रहँदा रहँदै पनि केही पत्रपत्रिकाहरुले यसको उत्पादनको गुणस्तरमा जनमानसमा भ्रम फैलाउन सकिन्छ की भन्ने दुषित मनशायले हुँदै नभएका अफवाहहरु प्रकाशन गर्ने गरेको समेत पाइएको भन्दै दुःख व्यक्त गरेको छ ।

    उसले यस्ता अफवाहको पछाडि नलाग्न आग्रह गरेको छ । यस्ता अफवाहरुले आजका आफै सक्षम र चनाखो उपभोक्ताहरुलाई भ्रमित गर्न सफल नहुने भन्ने अकाट्य तथ्य यसको निरन्तर लोकप्रियताले उद्घोष गर्ने कम्पनीले प्रष्ट पारेको छ ।

    विजय डिस्लिरीले भनेको छ –झुटको खेतीबाट लाभ लिन खोज्ने कार्यले रुस्लान भोड्कालाई कुनै असर नपरेको समेत देखिन्छ। अन्तर्राष्ट्रिय जगतमा समेत बिक्री वितरण शुरु गरिसकेको रुस्लान भोड्काले निकट भविष्यमा नै अन्तर्राष्ट्रिय जगतमा समेत आफ्नो छुट्टै पहिचान बनाई छाप छोड्ने निश्चित देखिन्छ ।’

    यस्ता हुँदै नभएका अफवाहहरुको पछि नलाग्न उपभोक्ताहरुलाई बेला बखत रुस्लान भोड्का उत्पादन गर्ने कम्पनीले अनुरोध समेत गरेको पाइएको छ ।

    विज्ञप्ति जारी गरी जावलाखेल डिस्टिलरीले भनेको छ, ‘रुस्लान भोड्काको निरन्तर उच्च गुणस्तरले गर्दा नै सायद यो वर्षौंदेखि नेपालको नं १ भोड्काको रुपमा प्रचलित रहेको छ र भोड्का पारखीहरुको माझमा भोड्का भन्नाले रुस्लान नै भनी पर्यायवाची शब्दको रुपमा समेत सुपरिचित रहेको पाईन्छ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…