लेखा परिक्षक प्रवल घिमिरेको रहस्यमय मृत्यू प्रकरण सेलाएको छैन । यो प्रकरणमा अझै पनि परिवारले विविध शंका व्यक्त गरेको छ जसको संवोधन भएको छैन ।
घिमिरेलाई त्यो दिन शनिहाटका नन्दकिशोर राठीले खान बोलाएका हुन्, खान बोलाएपछि घरसम्म पु¥याउने जिम्मेवारी उनको थियो ।
पिउन बोलाउने, पिउने अनि केही अनियन्त्रित भएपछि घरसम्म नछाड्ने लापरबाही नन्दकिशोर राठीमा देखिएकै हो । प्रहरीले उनलाई शंका गर्नू बेकारको तर्क हुन सक्दैन । खाना खान बोलाउँदा घर पु¥याउनु पर्दैन होला तर, पिउन बोलाएपछि पिलाएर त्यसै छाड्नु गैर जिम्मेवारी नै हो ।
व्यापार संघ मार्गको फुटेज हेर्दा घिमिरे सहज रुपमा हिडेका छन् । धेरैलाई लागेको छ – घिमिरेको मृत्यू सहज होइन । तर, यसो भन्दैमा भएको के हो त्यसको छानविन प्रतिवेदन प्रहरीले सार्वजनिक गर्नुपर्छ ।
कुनै पनि रहस्यले कौतुहलता जन्माउँछ र प्रवलको केशमा पनि यस्तै अनेकन प्रश्न उब्जाएको छ । यो प्रकरणका मियो भनेका नन्दकिशोर राठी हुन । उनले किन बोलाए? के– के खुवाए? घरबाट हिड्न किन दिए ? गाडीमा राखेर घरसम्म किन छाड्न सकेनन्? उनी एक्लै बाटो लाग्छु भने पनि घरसम्म पुगे/नपुगेको जानकारी घिमिरेको परिवारमा किन गराएनन्?
घिमिरेले चलाउने मोबाइल खोई ? त्यसमा कल डिटेल हेर्दा पनि धेरै कुरा पत्ता लाग्न सक्छ । सवा १० बजे रातको ठण्डा समयमा आम सर्वसाधारण जस्तै हिडेका घिमिरे एकाएक सिङ्गिया नदीमा मृत (भोलीपल्ट) कसोरी फेला परे? उनी कहाँ– कहाँ गए? यसबारे प्रहरी अनुसन्धानको जानकारी घिमिरे परिवारलाई हुनुपर्छ । केही नभएजस्तो गरेर अनुसन्धानको जारी छ भन्नुले यो प्रकरण झनै शंकास्पद बनाएको देखिन्छ ।
यसअघि पनि पंक्तिकारले लेखेको थियो, मोटो, हष्टपुष्ट मान्छे मर्दैन नै भन्ने होइन । धार्मिक मान्यतालाई मान्ने हो भने भावीले जहाँ लेखेको छ मृत्यु त्यहि हुन्छ । तर, लेखेको हुन्छ भन्दैमा सहज मृत्युको फाइल नै बन्द गर्ने कुरा पनि आएन । शंका र उपशंका जन्मेको बेला त्यसलाई बेवास्ता गर्ने कुरा पनि भएन । आज तिनपैनी मात्र होइन विराटनगरको समाजले घिमिरे प्रकरणलाई सहज मान्न सकेको छैन भने प्रहरीले यसबारे केही त बोल्नै पर्छ । अनुसन्धान जारी छ भनेर झार्रा टार्नुको कुनै तर्क हुने छैन ।
‘घरमा खान/पिउन बोलाएर एक्लै किन जान दिएको ?’ यो प्रश्न त राठीलाई पक्कै प्रहरीले सोधेको हुनुपर्छ । यसमा राठीको जवाफ चित्तबुझ्दो छैन भन्ने कुरा आएको छ । लेखा र व्यवसायबीचको सम्बन्ध अति प्रगाढ हुन्छ र बिग्रियो भने समस्या पनि आउँछ । शंका गर्ने ठाउँ त यो पनि हो ।
यथार्थ पत्ता नलागेको अवस्थमा तीर जता पनि तेर्सिन सक्छ तर, प्रहरीले पनि यो बेलामा बढो संवेदनशील हुनुपर्ने आवश्यकता छ । शंकाको घेरामा आएका नामलाई सार्वजनिक गरेर पनि भएन । उनीहरु पनि अन्याय पनि गर्नु भएन । तर, आज धेरैले यो सहज मृत्यु होइन भन्छन्, भने पक्कै पनि सुरक्षा निकायले पनि ‘अनुसन्धन गर्दैछौ’ भनेर उम्किन मिल्दैन । घिमिरे परिवारको दुःख अनि पीडामा मलहम कसरी लगाउने ? प्रहरीले यसको जवाफ त दिनुपर्छ ।
शंकाका घेराहरु जसरी बाहिर आएका छन् यसबारे पनि मौनता साँधन त पक्कै मिल्दैन । होटलको टेबलमा भेटेका, सडकमा देखेको बताउनेहरु शंकाको घेरामा नरहन सक्छन् तर, खुवाउने, पिलाउने गर्ने अनि घरसम्म नपु¥याउनेका हकमा भने चुपचाप त बस्न मिलेन होला । खैर, प्रहरीले यसको सुक्ष्म अनुसन्धान गर्नुपर्ने खाँचो छ र, घिमिरे प्रकरण त्यसै सेलाएर जाने सम्भावना पनि छैन ।
न्यू सृष्टिमा सम्पादक शंखर खरेलले नरिसाउनु ल स्तम्भमा लेख्नुभएको बिचार साभार गरिएको ।