• काठमाडौं, २३ माघ । अन्ततः एसपी गंगा पन्त पर्सा सरुवा भएकी छिन । दुई महिना अघि उनी चितवन सरुवा भएकोमा प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी सर्वेन्द्र खनालले सरुवा अन्यत्र गरेका हुन् ।

    खनालले एसपी गंगा पन्तलाई चितवन सरुवा गरेका थिए । तर, प्रचण्ड परिवारले उनको सरुवालाई अस्वीकार गरेपछि पन्त जान पाइनन् ।

    उनको सरुवा संशोधन गरी चितवनबाट पर्सा पठाइएको हो । गंगामाथि फेसबुक स्टाटसमा प्रचण्डविरुद्ध लेखेको आरोप लागेको थियो ।

    चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको थियो । हाल आएर प्रहरी प्रधान कार्यालयले उनलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।

    झण्डै दुई महिना देखि नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी नान्तिराज गुरुङलाई पठाएको छ । प्रचण्डले कुनै पनि हालतमा पन्त हुन्न भने पछि गुरुङ पठाइएको हो ।

    बारा प्रहरी प्रमुखमा कृष्ण पंगेनीलाई सरुवा गरिएको छ । एसपी विकाशराज खनाल दंगा नियन्त्रण गण सुनवलमा काज सरुवा भएका छन् ।

    यस्तै एसपीहरु दीपक रेग्मी पूर्वी नवलपरासी, मोहन पोखरेल गण्डकी प्रदेश र अशोक सिंह प्रहरी प्रधान, कार्यालय इन्टरपोल शाखामा काज सरूवा गरिएको केन्द्रिय प्रवक्ता एबं डिआईजी शैलेस थापाले बताए ।

    त्यसैगरि एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गरिएको छ । प्रचण्ड परिवारकै सिफारिसमा गुरुङ चितवन सरुवा भएका हुन् ।

    आइजीपी खनाल सेवानिवृत्त हुनुभन्दा एक हप्ता अघि पछिल्लो सरुवा संशोधन गरिएको हो । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…