काठमाडौं, २३ माघ । चीनमा रहेका आफ्ना छोराछोरीको उद्धार चांडो गर्न सरकारलाई ताकेता दिन नेपाली विद्यार्थीका अभिभावक स्वास्थ्य मन्त्रलायअगाडी भेला भएका छन् ।
चीनको वुहान सहरबाट सुरु भएर म हा मा रीको रुप लिएको कोरोनाभाइरसको त्रास विश्वव्यापी फैलिरहँदा चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकले आज मन्त्रालय पुगेर छोराछोरीको उद्धारका लागि आग्रह गरेका हुन् ।
अभिभावकहरुले अन्य देशले आफ्ना नागरिक चीनबाट फर्काइसक्दा नेपाल सरकारले आफ्ना नागरिकको उद्दारमा ढिलाई गरेकोमा आ’क्रोशसमेत पोखेका छन् । उनीहरुले उद्दारमा ढिलाई हुँदा धेरैजसो आफ्ना छोराछोरी घर बाहिर निस्कन नसकेको र खाना अभावमा अलपत्र परेको भन्दै निराशा व्यक्त गरेका छन् ।
वुहानमा रहेका नेपाली विद्यार्थीहरूले सरकारले उद्दारमा चासो नदिएको भन्दै आफूहरूले टुहुरो महसुस गरेको बताउँदै आएका छन् ।
उनीहरुले उद्धारको पखाईमा रहेका आफ्ना सन्तानलाई यथासक्य चाँडो गरी घर फर्काउन सरकार समक्ष आग्रह गरेका छन् ।