• काठमाडौं । हाम्रो वरिपरी नै सहज रुपमा पाउन सकिने फलाउन सकिने तरकारी हो ब्रोकाउली । ब्रोकाउलीको तरकारी खाँदा जति मिठो हुन्छ त्यतिकै स्वस्थ्यका लागि पनि लाभदायक मानिन्छ । स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धान प्रतिवेदन अनुसार ब्रोकाउली तरकारीको रुपमा मात्र होइन औषधिको रुपमा पनि उपयोग गर्न सकिने देखिएको छ ।

    स्वास्थ्य अनुसन्धान परिषदको प्रतिवेदन अनुसार ब्रोकाउलीको तरकारी नियमित खानसके मुटुसँग सम्बन्धित रोग न्यूनीकरण हुने, क्यान्सर हुने ख’तरा कम हुने, मानिसलाई डिप्रेसनको ख’तराबाट जोगाउने लगायतका तथ्य प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

    ब्रोकाउली लोकप्रिय तरकारी मध्येको एक हो ब्रोकाउली । यो धेरै गुणहरुले भरिएको हुन्छ । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु अत्याधिक मात्रामा पाइन्छ ।

    यसमा नुनिलो पदार्थ पनि पाइन्छ । जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलित बनाई राख्नमा सहयोग गर्छ । ब्रोकाउलीलाई तपाई विभिन्न तरिकाले खानामा समावेश गर्न सक्नु हुन्छ ।

    जस्तै सलाद, ब्रोकाउलीको सूप अथवा तरकारी बनाएर पनि खान सकिन्छ । साथै यसलाई हल्का वाफमा उसिनेर खान सकिन्छ ।

    यस्ता छन् ब्रोकाउली खानुको फाइदाहरुः

    डिप्रेसनबाट जोगाउँछः

    ब्रोकाउलीको सेवनले डिप्रेसनको खतराबाट जोगाउँछ । ब्रोकाउलीमा शरिलाई आवश्यक ‘फोलेट’ कम मात्रामा सेवन गर्नाले डिप्रेशनको खतरा बढ्ने हुन्छ । ब्रोकाउलीमा ‘फोलेट’ भन्ने तत्व भरपूर मात्रामा पाईन्छ । साथैँ यो मानसिक स्वास्थ्यका लागि लाभदायी छ ।

    गर्भावस्थामा अति उत्तमः

    गर्भावस्थामा ब्रोकाउली खानु धेरै फाइदाजनक हुन्छ । गर्भवती महिलाहरुले नियमित रूपमा ब्रोकाउली खानु पर्छ । यसमा पाईने तत्वले बच्चाको स्वास्थ्य र विकासको लागि फाइदा जनक हुन्छ । साथै यसले आमालाई पनि विभिन्न रोगको सक्रमणबाट टाढा राख्छ ।

    हृदयघात हुनबाट जोगाउँछः

    मुटुसँग सम्बन्धित रोगबाट बचाउन ब्रोकाउलीमा ‘क्यारेटेनोइड्स ल्यूटिन’ पाईन्छ । यसले मुटुको धमनिहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले हृदयघात हुनबाट जोगाउँछ । ब्रोकाउलीले शरिरको ‘पोटाशियम कोलेस्ट्रोल’को स्तरलाई बढ्नबाट रोक्छ ।

    क्यान्सर हुने ख’तरालाई कम गर्छः

    ब्रोकाउलीको सेवनले क्यान्सर हुने ख’तरालाई कम गर्छ । ब्रोकाउलीमा ‘फिटाकेमिकल’ अत्यधिक मात्रामा पाइन्छ । यसमा पाइने तत्वहरुले शरीरबाट वि’षाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…