• राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।”

    सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मु’द्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

    सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । सांसद नन्दा चपार्इँले चीनसँगको नाकाबाट ल्याइने तरकारी कोरोना भाइरसका कारण आउन नसक्दा महँगो हुँदै गएकाले नेपालमै उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

    सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाउनुभयो । रासस

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…