काठमाडौं । राष्ट्रियस्तरको बिकास बैंकहरु मध्येमा आक्रामकरुपमा अगाडि बढेको कामना सेवा बिकास बैंकले आफ्नो बढ्दो व्यवस्थापन खर्च धान्न र खुुद मुनाफा पनि बढी देखाउनको लागि चोर बाटो प्रयोग गरेको देखिएको छ ।
बैंकको निक्षेप तथा कर्जामा खासै सुधार नदेखिए पनि कामनाले नाफा बढी देखाउन न कै लागि निक्षेप तथा कर्जाबिचको व्याजदर अन्तर (स्प्रेडदर) बढाएको छ । राष्ट्र बैंकको नियम अनुुसार राष्ट्रिस्तरको बिकास बैंकहरुको स्प्रेडदर पाँच प्रतिसत भन्दा कम हुुनुुपर्र्छ । बढी भएको खण्डमा राष्ट्र बैंकले कारवाही गर्न समेत सक्ने छ ।
कामना सेवाले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ८५ लाख १९ हजार ५४ रुपैयाँ खुद कमाएको छ । तर यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुुलनामा एक करोड रुपैयाँले बढी हो ।
तर बैंकले नाफा बढाउन कै लागि गत आवको दोस्रो त्रैमासमा चार दसमलव ८६ प्रतिसतमा सिमित रहेको स्प्रेड दरलाई बढाएर चालुु आवको दोस्रो त्रैमासमा पाँच दसमलव ३३ प्रतिसत पुर्याएको छ ।
तर यसरी स्प्रेड दर बढाएपनि बैंकको व्यवस्थापन खर्च उच्च भएकाकारण नाफा खासेको बढेको छैन । बैंकले गत आवको सोही अवधिमा भने १३ करोड ८१ लाख ६३ हजार पाँच सय २४ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुंजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको पछिल्लो अवधिमा २७ अर्ब ४३ करोड ७२ लाख ४० हजार एक सय ९५ रुपैयाँ निक्षेप संंकलन गरी २३ अर्ब ४८ करोड १२ लाख ८७ हजार एक सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ५७ करोड ४१ लाख २९ हजार आठ सय ९१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ३७ प्रतिसत कर्जा खराव देखिएको छ ।
गत आवको सोही अवधिमा भने बैकले २१ अर्र्ब ३७ करोड ६१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ३७ करोड ९८ लाख ६४ हजार पाँच सय ३७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमालव ६७ प्रतिसत कर्जा खराव रहेको थियो ।