• काठमाडौं । माउपार्टी नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतपूर्ण कार्वाहीको विरुद्धमा आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेसंगै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आन्दोलनमा होमिने भएको छ ।

    नेविसंघ शुक्रबारदेखि नै नियतपूर्ण कार्वाहीको विरुद्धमा उत्रने भएको हो । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले माउपार्टीको निर्णयानुसार नेविसंघले शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट आन्दोलनको उद्घोष गर्ने बताए ।

    उनले काँग्रेसका अन्य भ्रातृ संगठनहरु पनि सहभागी हुने बताए । कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो ।

    काँग्रेस उपसभापति एवं संसदीय दलका उपनेता रहेका गच्छेदारविरुद्ध ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धानको निर्णय दुराशयबाट प्रेरित रहेको निष्कर्ष निकाल्दै गलत प्रवृत्ति विरुद्ध लड्न भ्रातृ संगठनलाई परिचालन गरेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…