•  

    मोरङ । उद्योग वाणिज्य संघ लेटाङ्गको२३औं वार्षिक साधरण सभा एवं निर्वाचनमा महासचिव वाहेक लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ सानेको पुरै प्यानल नै विजयी भएको छ ।

    उक्त निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दिपक चन्द्र राईले जनाएका छन् । संयोजक राईका अनुसार उहाँका निकटतम प्रतिद्वन्दि मित्र प्रसाद विमलीले १८६ मत मात्र प्राप्त गरेका थिए । यसै गरि वरिष्ट उपाध्यक्षमा २३० मत ल्याएर अंशुपति विस्वास विजयी हुनुभएको छ ।उहाँका प्रतिद्वन्दी गजेन्द्र ठकुरीले २०० मत मात्र प्राप्त गर्नुभयो ।

    महासचिवमा फरक समुहका नेत्र निरौला २१९ मत प्राप्त गरी विजय हुनुभएको छ भने अर्का प्रतिद्वन्दी ढक बहादुर श्रेष्ठले भने २१० मत प्राप्त गर्नुभयो । उद्योग सचिवमा विजयी कुबेर पौडेलले २२४ मत प्राप्त गरेका छन् । उहाँका प्रतिद्वन्दी टेक बहादुर श्रेष्ठ उमेशले भने १९२ मत प्राप्त गरेका छन्। साथै वाणिज्य सचिवमा विजयी हिमालय श्रेष्ठले २२५ मत प्राप्त गर्नुभयो भने , प्रतिद्वन्दी गोविन्द कुमार चेम्जोङ्गले १८४ मत प्राप्त गरेको निर्वाचन संयोजक राईले जनाउनुभयो ।

    यसै गरी समितीका अन्य सदस्यहरुमा निर्मल कुमार दाहाल २४० , मञ्जुला ठाकुर २४७ , दमयन्ती सुब्बा २६२ र हरिनारायण चौधरी २५४ मत ल्याएर विजयी भएका छन् ।

    संघको निर्वाचनमा ५ जना भने सर्बसम्मतिले चयन भएका छन । उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ , क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत चयन हुनुभएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…