एजेन्सी, २४ माघ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसले विश्व तरंगित भैरहेको बेला एक व्यक्तिले भने यसलाई मजाक बनाएका छन् । क्यानडाका एक २९ वर्षका युवाले भने त्यसलाई मजाक बनाएर अरुलाई त्रसित पारेका हुन् । ती युवा जहाजमा यात्रा गरिरहेका थिए । यसै क्रममा विमान उडिरहेका बेला उनले एक आफूलाई कोरोना भाइरस भएको भन्दै एक्कासी विमानमा चिच्याउन थाले ।
उनको यस्तो ब्यवहराले विमानमा हंगामा मच्चिएको छ । विमानको आपतकालिन अवतरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त बिमानले क्यानडाको टोरन्टोबाट जमैकाको मोन्टेगोका लागि उडान भरेको थियो । कोरोना भाइरस भएको भन्दै युवाले चिच्याउन थालेपछि विमान बीचबाटै फर्किएको समाचारमा जनाइएको छ । विमान अवतरण पछि उनले नाटक गरेको थाहा भयो । पछि उनलाई प’ क्राउ गरेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।