प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अ’वरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।
सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गर्नुभएको जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले प्रतिनिधिसभा शुक्रबारको बैठकमा वि’रोध गर्दै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकाका नेता बिजयकुमार गच्छदारलाई भ्रष्टाचारको आरोप लगाएपछि संसद बैठक अवरुद्ध गरेको हो । तस्वीर ः रत्नकृष्ण श्रेष्ठ, रासस
आजको पहिलो बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिनुभएको थियो । सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारवि’रुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपायेग अनुसन्धान आयोगले मु’द्दा दा’यर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताउनुभएको थियो । काँग्रेसको वि’रोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।
काँग्रेसले सोही विषयलाई लिएर बिहीबारको बैठक पनि अ’वरुद्ध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । रासस