•  माघ २४, २०७६ ,
    काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहपूर्ण तरिकाले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फसाएको भन्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले शुक्रबार प्रदर्शन गरेको छ ।

    माइतीघर मण्डलामा दिउँसो गरेको प्रदर्शनमा कांग्रेसका अन्य भातृसंस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका थिए।
    करिब एक घण्टाको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले कम्युनिस्ट नेताहरूलाई बचाएर कांग्रेस नेतालाई फसाउने र बद्‍नाम गर्ने तरिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको बताए।

    ‘दोषीलाई उन्मुक्ति दिने निर्दोषलाई फसाउने दुई तिहाइको सरकारको राजनीतिक षडयन्त्रपूर्ण कदम चाल्न अख्तियारलाई प्रेरित गरेको छ,’ अध्यक्ष ढुंगानाले भने, ‘मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई छुट दिँदै मन्त्रीलाई फसाउने निर्णय जग हसाउने खालको छ। त्यसको विरुद्ध हामीले प्रदर्शनको सुरुवात गरेका छौं। निर्णय नसच्चिएसम्म हाम्रो आन्दोलन जारी छ।’
    कोणसभामा तरुण दल अध्यक्ष जितजंग बस्नेतले नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई जोगाउने गलत नजिरले नेपाल सस्थागत भ्रष्टाचारको दलदलमा फस्न लागेको प्रष्ट भएको बताए। अख्तियार सरकारको छायाँमा चल्न नहुँने बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…