संवे’दनशील अ’ङ्ग (अ’ण्डकोषसहितको गु’प्ताङ) छि’नाएर भारतीय नागरिकको ह’त्या गरी श’वलाई जलाएको आ’रोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको ह’त्यामा सं’लग्न भएको आ’रोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीले भारतीय नागरिक ४० वर्षीय सुवास शेखको ‘ह’त्यामा सम्लग्न भएको आ’रोपमा दुई व्यक्तिलाई पक्राउ गरी शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा सार्वजनिक गर्दै । प्रहरीले बिर्तामोड नगरपालिका – २ चारपानेका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई सार्वजनिक गरेको हो । तस्विर– सुरेन्द्र भण्डारी, रासस
सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले मा’दक पदार्थ सेवन गरेर सामान्य वि’वादमा शेखको ह’त्या गरेको र ह’त्यपछि चौधरी र यादवले उहाँको श’वलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा ज’लाएका हुन् ।
शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए । सोमबार साँझ यादव, चौधरी र शेख तीनै जना स्थानीय होटलमा सँगै बसेर मा’दक प’दार्थ सेवन गरेको र आपसी वि’वादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्र’हार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घि’सारेर पु¥याएको तथा संवेद’नशील अ’ङ्ग का’टेर परालमा आ’गो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट संवे’दनशील अ’ङ्ग का’ट्न प्रयोग गरिने च’क्कु एक थान, मृ’तकलाई आ’गो लगाउन प्रयोग गरिने लाइटर एक थान, मृ’तकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृ’तकले प्रयोग गरेको सिम कार्ड, घ’टना घ’टाउँदा लक्षण यादवले लगाएको रागतजस्तो रातो लागेको दा’ग भएको एक थान भेस्ट र घ’टना घ’ट्नुभन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटासमेत ब’रामद गरेको छ ।
यो पनि पढ्नुहोस:
परालको कुन्यूमा ज’लाएर ह’त्या गरिएको व्यक्ति भारतीय नागरिक
परालको कुन्यूमा ज’लाएर ह’त्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् ।
शेखकी श्रीमती सुष्माले ज’लेका व्यक्तिको आंैठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै ज’लाएर मा’रिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
नचिनिने अवस्थामा श’व फे’ला परेपछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले श’व परीक्षणमा पठाएको थियो । श’व पहिचानका लागि उनकी श्रीमती सुषमासहित सासू र ससुरालाई मङ्गलबार नै इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आज तारेखमा छा’डेको छ ।
प्रहरीले श’वको मुचुल्का उठाउन सङ्घीय एकाई प्रहरी कार्यालय धरानबाट तालीमप्राप्त कुकुर झि’काएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आ’गो लागेको थियो । सोही ठाउँमा ज’लेको अवस्थामा श’व भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– “घ’टनाको विषयमा अनुसन्धान भइरहेको छ ।”
मजदूरी पेशा गर्दै आएका सुभान ससुरालीमा बसेका थिए । केही महिना अघि सुभान र सासू रहानाबीच घरायासी वि’वाद भएपछि उनी ससुराली छा’डेर एक्लै डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् । रासस