• काठमाडौं, । गत बुधबार नेपाल टेलिकमको वार्षिक उत्सवको कार्यक्रम थियो । टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यलयमा सम्पन्न त्यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बासकोटाले कर्मचारीहरुलाई भन्नु नभन्नु गालीको तिर चलाए ।

    उनले कतिसम्म भने, भने कर्मचारीलाई ब्याट्री चोरसम्म भन्न भ्याए । हुन त नेपाल टेलिकममा खपत हुने ब्याट्रहरुको हेराफेरी हुने र रातारात कवाडीलाई बिक्री गर्ने गरिन्थ्यो । यस्तो काम गरेबापत टेलिकमका केही कर्मचारीहरु हाल अख्तियार अनुसन्धान आयोगको कारबाहीमा पनि परिरहेका छन् ।

    गत वर्षको वार्षिक कार्यक्रममा पनि मन्त्री बास्कोटाले कडा निर्देशन दिएका थिए । त्यो निर्देशन भनेको वार्षिक उत्सवको उपलक्ष्यमा कुनै भोजभतेर गरेर संस्थाको रकम उडाउने होइन, भोजभतेर गरेमा कारबाहीको भागीदार हुन पर्नेछ भन्दै कडा चेतावनी दिएका थिए, मन्त्रीको चेतावनी अनुसार गत वर्ष त्यस्तो कुनै भोजभतेर चलेन पनि ।

    तर यस वर्ष मन्त्रीको त्यो कडा निर्देशन युटर्न हुँदै भोजभतेर मात्र होइन ब्ल्याक लेबल ह्वीस्कीसम्मको व्यवस्था गरियो । कालीमाटीको सोल्टी होटलमा बुधबार साँझ गरिएको भोजको निम्ती टेलिकमले दुई करोड रुपैयाँ छुट्याईएको थियो ।

    त्यहाँ आयोजना गरेको रात्रीभोजमा प्रति प्लेट १९५० रुपैयाँको मूल्य तय गरिएको थियो । टेलिकमका जम्बो संख्यामा उपस्थित भएका कर्मचारीहरुले खानेमात्र होइन पिउने कुराको पनि प्रचुर मात्रामा व्यवस्था थियो ।

    ब्ल्याक लेबलका मात्र दर्जनौ कार्टुन फोरिएका थिए । नेपाली जनताले तिरेको रकमबाट संस्थाका केही कर्मचारीहरुले यसरी फुपुको श्राद्ध गरेर खाए जस्तै गरेर खानु कहाँसम्मको सदाचारिता हो ।

    उता प्रधानमन्त्री केपी ओलीले पहिल्यै कडा निर्देशन दिईसक्नु भएको छ कुनै पनि सरकारी कार्यक्रममा मदिराको प्रयोग गर्न बन्देज गर्नु पर्दछ । प्रधानमन्त्रीले घोषणा गरे अनुसार नै प्रम निवास बालुवाटारमा हुने कतिपय रात्री भोजहरुमा मदिराको प्रयोग हुने गरेको पनि छैन ।

    केही दिन अघि मात्र नेकपाका केन्द्रीय कमिटीका सदस्यहरुलाई रात्री भोजमा र लगत्तै नेपालका ठूला अखबारका सम्पादकहरुलाई बोलाएर प्रधानमन्त्रीले गफगाफ गर्ने कार्यक्रमको साँझमा पनि पत्रकारहरुलाई मद्धयपानको कुनै व्यवस्था गरिएको थिएन ।

    माघको त्यो पनि साँझको बेला बालुवाटारबाट अलिकति ज्यान पनि तताउन पाईएन भन्दै दुई जना पत्रकार मोटरसाइकलमा गुनासो गर्दै बालुवाटारबाट ओरालो लाग्दै थिए, नेपालीपत्रमा उल्लेख छ ।

    सत्ताको केन्द्रमा रहेको बालुवामटार भित्र समेत प्रतिबन्ध लागेको मद्धयपान सरकारी स्वामित्वको एउटा संस्था भने आफ्नो विभागिय मन्त्री समेतलाई अगाडि राखेर ब्ल्याक लेबलका बोटल फोर्दै रमाउनुलाई सरकारको कुन आँचरणभित्र पर्छ भनेर नेपाल टेलिकमका आम उपभोक्ताले प्रश्न गर्न थालेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…