• काठमाडौं, २४ माघ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, एकीकृत स्वतन्त्र कर्मचारी युनियनले आफ्ना अध्यक्ष गोपाल सिंह धामीमाथि गलत आरोप लगाएर पक्राउ तथा धरपकड र घर खानतालसी गरेको भन्दै कडा निन्दा गरेको छ ।
    समितिले भनेको छ,‘हाम्रा अध्यक्षमाथि केही समय अगाडिदेखि लगाईएका लाञ्छनामा कुनै सत्यता छैन् । आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकिँदै गर्दा अन्य युनियनका साथीहरुले चुनाव हार्ने भयले अत्तालिएर यस्तो प्रपञ्च र षड्यन्त्र रचेका हुन भन्ने हाम्रो समितिको निश्कर्ष छ । उहाँमाथि लगाईएका आरोपहरु सबै निराधार र कपोकल्पित हुन् । हामी डटेर सामना गर्छौं ।’
    शुक्रबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेनलको आयोजना गरेर अध्यक्ष धामीमाथि लगाईएका आरोपलाई चिर्नको लागि सञ्चारकर्मी तथा मानवअधिकारकर्मीहरुसँग सहयोगको अपिल समेत गरेको छ । कार्यक्रममा बौल्दै अध्यक्ष धामीले आफूमाथि लगाईएका झुठा आरोप र निराधार लाञ्छानाले मानसिक रुपमा असर परेको गुनासो पोखे ।
    धामीले आफूहरुको कुनैपनि राजनीतिक दलसँग आवद्धता नरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो समिति भनेको सबै साथीहरुको पेशागत साझा र स्वतन्त्र युनियन हो । हामी कुनै दलसँग सम्वद्ध नभएकै कारण दुःख दिने काम भयो ।’ आफूहरुले त्यहाँभित्र अनियमितता, अपारदर्शीता, ढिलासुस्तीलगायतका विकृति तथा विसंगतिको विरोध गरेको पनि धामीले सुनाए । उनले भने,‘कर्मचारीहरुको हकहितको लागि आवाज उठाउँदा अमुक ट्रेड युनियनले आउने आधिकारिक ट्रेड युनियनको चुनाव आफूले हारिन्छ भनेर यस्तो गलत षड्यन्त्र रचेर दुःख दिने काम गर््यो ।’ उनले आफूलाई दुःख दिनकोलागि अमुक ट्रेड यूनियनले राज्य संयन्त्रसमेतको दुरुपयोग गरेको आरोप लगाए ।

    उनले भने,‘विगत केही समय अगाडी देखि म माथि लगाइएका निराधार लाञ्छना त्यसको परिणाम स्वरुप कार्यालय परिसरबाट गरिएको धरपकडका साथै सोधपुछ जसबाट म, मेरो परिवार मैले नेतृत्व गरेको ट्रेड युनियनमा आबद्ध साथीहरु र मेरा अन्य शुभचिन्तक मित्रहरुमा पर्न गएको मानसिक यातना र सिर्जित संत्रासपूर्ण वातावरणको अन्त्य गर्दै स्वतन्त्र रुपमा जिउन पाउने मानवको नैसर्गिक अधिकारको रक्षार्थ आम नागरिक, संचारकर्मी एवं मानव अधिकारकर्मीहरु समक्ष समेत आव्हान गर्ने उद्देश्यले यहाँहरु समक्ष उपस्थित भएको छु ।’

     

    उनले आफू काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा कार्यरत भएको सुनाउँदै के.यु.के.एल, एकिकृत स्वतन्त्र कर्मचारी युनियन नामक ट्रेड युनियन नेपाल सरकार, श्रम कार्यालयमा विधिवत रुपमा दर्ता गरी त्यसको नेतृत्व समेत गरिरहेको सुनाए । उनले भने,‘विगतमा तत्कालिन बिधार्थी संगठनको विभिन्न तहमा क्रियाशिल रहेको र म तत्कालिन नेपाल खानेपानी संस्थानमा सेवा प्रवेश पश्चात् ट्रेड युनियनमा आबद्ध रही क्रियाशिल रहेको व्यहोरा समेत अनुरोध गर्दछु । वि.सं. २०७४ साल पौष महिनादेखि म कुनैपनि राजनैतिक पार्टी तथा राजनैतिक पार्टीका कमिटी वा संघ संगठनमा संगठित र आवद्ध नरही स्वतन्त्रतापूर्वक आफ्नो पेशा अपनाउदै आएको छु ।’

     

    तर, वि.सं. २०७५ आषाढदेखि केयुकेएलमा कार्यरत कर्मचारीहरुको सहमतिमा विशुद्ध पेशागत, राजनैतिक आवद्धताविहिन स्वतन्त्र पेशागत ट्रेड युनियन के.यु.के.एल, एकिकृत स्वतन्त्र कर्मचारी युनियन गठन गरेको उनले सुनाए । धामीले थपे,‘यो विधिवत रुपमा संस्था दर्ता गरी अध्यक्षको हैसियतमा म क्रियाशिल छु, हाम्रो युनियनको राजनैतिक आवद्धता विहिनताको स्थितीको अवाञ्छित फाइदा उठाउदै छिद्रान्वेषी चरित्रका केही व्यक्तिहरुले मैले नेतृत्व गरेको ट्रेड युनियनलाई प्रतिबन्धित नेकपासँग आबद्ध रहेको गलत सूचना सम्प्रेषण गरी राज्यसंयन्त्रलाई समेत दिग्भ्रमित पार्न सफल भएका छन । म माथि पटक–पटक गरिएको धरपकड, मेरो निवासमा खानतलासिबाट मलाई दोषी प्रमाणित गर्न असफल भएको अवस्थामा समेत म, मेरा परिवार र मेरा साथीहरुले बाध्य भएर बाँच्नुपरेको संत्रासपूर्ण अवस्थाको समेत परिकल्पना यहाँहरुबाट नै होस भन्ने विनम्र अनुरोध गर्दछु ।’
    सम्पूर्ण नागरिकहरुको जीवन स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार र उसको सम्पत्तिको रक्षा नै राज्यको प्रमुख कर्तव्य भएको सुनाउँदै उनले मानव भएको नाताले स्वतन्त्रतापूर्वक बाँच्न पाउने नैसर्गिक अधिकार र नेपाल राज्यको नागरिकको हैसियतले आफू, आफ्ना परिवार र साथीहरुको आधारभुत अधिकार नेपालको संविधानले समेत मुखरित गरेको व्यहोरा स्मरण गराउन गराए ।

     

    उनले भने,‘आज म यहाँहरुलाई पुन ः म कुनै राजनैतिक पार्टी र त्यसमा आवद्ध संघ÷संगठनसँग आवद्ध नरही स्वतन्त्र र विशुद्ध पेशागत ट्रेड युनियनकर्मीको हैसियतले क्रियाशिल रहेको अवगत गराउदै म, मेरा परिवार र मेरो साथीहरुको नैसर्गिक र संवैधानिक अधिकारको रक्षार्थ कपोलकल्पित भ्रामक आरोपलाई चिर्न सहयोगको अपिल समेत गर्दछु । भोलीका दिनमा एक स्वतन्त्र नागरिकले आफ्नो देशमा निर्भिकताका साथ बाँच्न पाउने अवस्थाको सिर्जनाको लागि स्वतन्त्रतापूर्वक छानबिन गरी कारबाहीको लागि समेत अनुरोध गर्दछु ।’
    कार्यक्रममा समितिको तर्फबाट महासचिव प्रेमराज त्रिपाठीले विज्ञप्ती वाचन गरेका थिए । अध्यक्ष धामीमाथि झुठो आरोप लगाएर यही माघ १९ गते पक्राउ गरिएपछि समितिका महासचिव त्रिपाठीकै नाममा विज्ञप्ती जारी गरी धरपकड, गिरफ्तारी र खानतलासीजस्ता गतिविधि बन्द गर्न सरकारलाई आग्रह गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…