• काठमाडौं । सर्वोच्च अदालतले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दावी गरेको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा सम्बन्धि रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाह पुत्री प्रेरणाले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै रिट दायर गरेकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले उक्त फैसला गरेको हो ।

    यो फैसलासँगै काठमाडौंको छाउनीस्थति १५ रोपनी जग्गा नेपाल ट्रष्टकै हुने भएको छ ।

    स्वर्गीय राजा वीरेन्द्र शाह तथा उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति नेपाल ट्रस्टको मातहत ल्याउने भन्दै सरकाले १ पुस २०६४ मा निर्णय गरेको थियो ।

    सरकारको उक्त निर्णयअनुसार छाउनीमा रहेको १५ रोपनी जग्गा पनि ट्रस्ट मातहत आएको थियो । तर, ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले सरकारले निर्णय गर्नु अगाडि नै आफूले उक्त जग्गा दाइजोमा पाएकाले जग्गा आफ्नो हुने दावी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

    प्रेरणाको मागदाबीअनुसार सर्वोच्च अदालतका न्यायाधीश रामकुमार साह र न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले उक्त जग्गा नेपाल ट्रस्टको नहुने फैसला सुनाएको थियो ।

    तर, नेपाल ट्रस्टले सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएपछि फैसला उल्टी भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…