विराटनगर । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले उक्त कुरा बताएका हुन् । 'भ्रष्टाचार गर्ने दोषी जो कोहीलाई पनि कारबाही हुनुपर्छ', उनले भने, 'उक्त प्ररणमा मेरो कुनै संलग्नता छैन । दोषी देखिए सजाय भोग्न तयार छु ।'
मालपोतमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री दोषी नहुने भन्दै उनले बदमासी गरेको दोषी हुने र कारबाहीको भागिदार हुने बताए । अहिले अख्तियारले गरेको अध्ययन र भ्रष्टाचारको मुद्दा लगाउने काम पार्टीप्रति पूर्वाग्रह राखेर नगरिएको उनको भनाई छ ।