• काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपाल कम्युनिष्ट पार्टीले गोटि बनाउने लागेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संस्थाहरु बिरोधमा उत्रिएका छन् ।

    बालुवाटार जग्गा प्रकरणमा नेकपालाई उन्मुक्ति तथा अन्यलाई राजनैतिक प्रतिशोध र बदाीयतपूर्ण मुद्दा लगाउने निर्णय सरकारले गरेसँगै कांग्रेसका भातृसंस्थाहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।

    शुक्रबार कांग्रेसका भातृसंस्थाहरुले माइतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थीसंघको आयोजनामा भएको कार्यक्रममा कांग्रेसका भातृ संस्थाहरुले सरकारको बिरोध जनाएका छन् ।

    बिरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानाले अख्तियारको निर्णय नेकपाका नेताहरुलाई नियतवश रुपमा बचाउने भएको बताए । उनले भने “यो आन्दोलन विजय गच्छदारलाई बचाउनु पर्‍यो भनेर भएको होइन । यो निर्णय गर्दा प्रधानमन्त्री माधव नेपाल हुनुहुन्थ्यो ।'

    तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले सैंवधानिक नियायहरुलाई समेत पार्टीको गोटी बाउने खोजेको बताए । उनले भने ' सैंवधानिक नियायहरुलाई पार्टीको गोटी बनाएर सरकारले यो कदमलाई अघि बढाएको छ । हामी यसको बिपक्षमा छौ ।'

    अख्तियारले बालुवाटारस्थित ललिता निवासको १३६ रोपनी सरकारी जग्गा प्रकरणमा राजनीतिक प्रतिशोध लिइएको बताउदै आएका छन् । आयोगले लगाएको भ्रष्टाचारको मुद्दा दुराशयपूर्ण रहेको भन्दै नियतपूर्ण कार्वाहीको विरुद्धमा आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेसंगै नेविसंघ लगायत कांग्रेस भ्रातृ संस्थाहरु आन्दोलनमा होमिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…