काठमाडौं, २४ माघ । जे’लमा रहेका अ’भि’युक्तलाई ‘सेटिङ मिलाएर’ छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएका एकजना कानून व्यवसायी (वकिल)लाई प्रहरीले प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा अधिवक्ता टंकबहादुर रानामगर छन् । जनन्यायिक कानूनी सेवा नामक कानून परामर्श केन्द्रका सञ्चालक समेत रहेका अधिवक्ता रानामगरले राजश्व छलिको अ’भि’योगमा थुनामा रहेका अ’भि’युक्तलाई छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएको देखिएको छ ।
अ’भि’युक्तका परिवारले दिएको उ’जुरीका आधारमा महानगरीय अपराध महाशाखाले रानामगरलाई प’क्राउ गरेको हो ।
अ’पराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले अधिवक्ता रानामगरलाई प’क्राउ गरिएको पुष्टि गरे ।
‘सेटिङ मिलाएर जे’लबाट छुटाइदिन्छु भन्दै जेलमा रहेका अ’भि’युक्तका परिवारबाट ४२ लाख रुपैयाँ लिएको देखिएको छ । यो रकम वकालत गरेको खर्च हैन । सिधै सेटिङ मिलाइदिन्छु भन्दै घुसको रुपमा लिएको देखिएको छ,’ एसएसपी थापाले भने ।
अ’पराध महाशाखा स्रोतका अनुसार अधिवक्ता रानामगरले हाल नख्खु का’रागारमा थुनामा रहेका रमेश दाहालसँग ४५ लाख रुपैयाँ लिएका हुन् ।