• काठमाडौँ, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मु’द्दा दायर गरेको सुचना संसदलाई दिएपछि संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ ।

    भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वत: निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।

    भ्रष्टाचार मु’द्दा दायर हुनासाथ सांसद पद स्वत: निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ ।

    कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका गच्छदार भौतिक योजना मन्त्री रहेका बेला बालुवाटार ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले मु’द्दा दायर गरेको हो ।

    उनीसँग अख्तियारले ९ करोडभन्दा बढी विगो मागदावी समेत गरेको छ । गच्छदारको पार्टी कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भन्दै बिहीबार र शुक्रबार संसद अवरुद्ध गरेको छ । भने कांग्रेसका भात्रृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ)ले राजधानीमा बृहत पदर्शन गरेको छ ।

    सचिवालयको सूचना –

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…