• काठमाडौं । हलोकै कारण मिल्दै लागेको दुई राप्रपाबीचको एकता अन्तिममा आएर विथोलिएको छ ।

    पटक पटक एकताका लागि भन्दै वार्तामा बस्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीचको पछिल्लो पटकको एकता वार्ता भने निर्वाचन चिह्नको विवादको कारण भाँडिएको हो ।

    एकीकृत दलको निर्वाचन चिह्न हलो वा गाई भन्ने विषयमा सहमति कायम हुन नसकेपछि राप्रपाको वार्ता तत्कालका लागि फेरि टरेको हो ।

    कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीचको एकता गर्ने विायमा तीनै जना संयुक्त अध्यक्ष रहने सहमति कायम गर्दै एकता वार्ता अघि बढेको थियो तर अन्तिममा आएर निर्वाचन चिह्न के रहने भन्ने विषयमा सहमति दुवै दलका अध्यक्षबीच चरणबद्ध छलफल भएका थिए ।

    एकताका लागि वातावरण बन्दै गएकोमा दुवै दलका नेता तथा कार्यकर्तामा एक प्रकारको उत्साह जागरण भएको थियो । तर, अन्तिम समयमा आएर तत्कालका लागि एकता टरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनु भयो ।

    एकताका सन्दर्भमा सबै विषयमा लगभग सहमति थियो तर निर्वाच्न चिह्न के हुने भन्नेमा सहमति जुट्न नसकेकै कारण तत्कालका लागि एकीकरण प्रक्रिया रोकिएको छ, राप्रपा प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनु भएको छ ।

    दुवै राप्रपा दलमा आबद्ध नेताले हाल कायम रहेका आ–आफ्ना निर्वाचन चिह्न रहनुपर्ने अडान लिएपछि तत्कालका लागि एकता टरेको हो । थापा नेतृत्वको दलले भने निर्वाचन चिह्नको विषय महाधिवेशनबाट टुंग्याउने गरी सहमतिमा जान सकिने बताएको थियो ।

    राप्रपा संयुक्तका प्रवक्ता जनक पाठकले महाधिवेशनबाहेकबाट नेतात्रयको सहमतिमा निर्वाचन चिह्नको विवाद मिलाउँदा एकता तत्काल हुने बताए ।

    निर्वाचन चिह्नको विषय महाधिवेशनले टुंग्याउने अडानका कारण सहमति जुट्न सकेन, नेतात्रयले महाधिवेशनबाट बाहेक चिह्नको विवादमा सहमति खोज्दा तत्काल एकता हुन्छ, बल थापाको कोर्टमा छ, राप्रपा संयक्तका प्रवक्ता पाठकले भन्नुभयो ।

    हाल थापा नेतृत्वको राप्रपाको निर्वाचन चिह्न गाई र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तको चिह्न हलो छ । गत शुक्रबारदेखि काठमाडौंमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिका अन्य प्रतिवेदन पेश गरेपछि एकताबारे दुवै दलबीच अन्तिम छलफल भएको थियो ।

    छलफलका क्रममा एकतापछिको दलमा तीन जना अध्यक्ष रहने, राप्रपालाई ५५ र राप्रपा संयुक्तलाई ४५ प्रतिशत भागबन्डा गर्ने र दलको झन्डा थापा नेतृत्वको दलको नै राख्ने सहमति भएको थियो ।

    जारी केन्द्रीय समितिको बैठकमा राप्रपाले पार्टी एकता र महाधिवेशन दुवै गर्ने विकल्प खुला राखेको छ । यसअघि ६ फागुन २०७३ मा राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २२ भदौ २०७४ मा पार्टी विभाजित भएको थियो । राप्रपा समूहमा स्थापनादेखि नै टुटफुटको शृंखला चल्दै आएको छ, विमर्शमा उल्लेख छ ।

    हाल गाई चिह्न रहेको राप्रपाको प्रतिनिधिसभामा एक, प्रदेश सभामा तीन र स्थानीय तहमा १५ जना प्रतिनिधि छन् । राप्रपाको जारी बैठकमा शनिबार सात वटै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रतिवेदन पेश गरेका छन् । शनिबारबाटै सबै प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…