छायाचन्द्र भण्डारी,काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले आईजीपी सर्बेन्द्र खनाल सहित २३ प्रहरीका उच्च अधिकारीहरुलाई यही माघ २८ गते मंगलबार विदाईको कार्यक्रम राखेको छ ।
प्रहरी भित्र तिस बर्षे सेवा अबधि हटाउने खेलको चर्चा सेलाए लगत्तै आन्तरिकरुपमा २३ प्रहरीका उच्च अधिकारीहरु भब्यरुपमा विदाई गर्ने आन्तरिक सर्कुलर जारी भएको हो ।
विदाई र स्वागतका लागि हेड क्वाटर भित्रै रहेको एक नम्बर गणले परेडदेखि अन्य तयारी गरिरहेको छ ।
गणपती एसपी दिपक खरेल यतिबेला तारतम्मे मिलाउन निकै लागि परेका छन् । त्यसैगरि २९ गतेका लागि नयाँ आईजीपीको स्वागत कार्यक्रम समेत तय भएको हेडक्वाटर स्रोतले जनाएको छ ।
प्रहरी हेडक्वाटर नक्सालमा हुने भब्य विदाई र स्वागत कार्यक्रममा एसएसपी दर्जादेखि माथिल्लो तह सम्मकालाई अनिवार्य उपस्थिती हुन निर्देशन समेत भएको छ ।
वर्तमान आईजीपीको ब्याजीले २०७६ माघ २८ गते देखि अबकास पाउनु हुनेछ । सरकारी सेवाका कर्मचारीहरू सेवा अवधि, उमेर हद र पदावधिका कारण अनिवार्य अवकाशमा जाने गर्छन्।
त्यसै सेवा अबधीमा आइजी खनालका ब्याचीहरू ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुन लाग्नु भएको हो ।
अवकाश पाउनेहरुको नाम
खनालसँगै अबकास पाउनेमा ३ एआईजी १८ डिआईजी र एक एसएसपी गरि २३ जना प्रहरी अधिकारी हुनुहुने छ । आईजीपी खनाल सहित एआईजीत्रय पुस्कर कार्की, ठुले राई र धिरु बस्नेतले पनि माघ २८ गतेदेखि अवकास पाउनु हुने छ ।
त्यसैगरि डिआईजीहरुमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने,महेन्द्र पोखरेल,नारायणसिंह खड्का, सुरेस बिक्रम शाह,महेश बिक्रम शाह,पिताम्बर अधिकारी,केदार रिजाल,शेरबहादुर बस्नेत,दिनेश अमात्य,कमल जिटी,सुरज केसी, रामप्रसाद श्रेष्ठ,पुर्णचन्द्र जोशी,विकास श्रेष्ठ,हरिभक्त जोशी,विनोद शर्मा घिमिरे,दानसिंह बोहोरा रहेकाछन् । एसएसपी दिलिपसिंह बस्नेतले पनि सोही दिन अवकास पाउदैहुनुहुन्छ ।
माथी उल्लेखित सुची अनुसार नियमित अवकाससँगै फेरि पनि डिआईजीबाटै नेपाल प्रहरीले संगठनको नेतृत्व पाउने छ ।
अबको आईजीपी ज्ञवाली !
नेपाल प्रहरीमा फेरि पनि डिआईजीबाटै नयाँ आईजीपीको जिम्मेवारी प्राप्त हुने भएको छ ।
आईजीपी खनाल सहित सबै एआईजी सोही दिन अवकाश पाउने भएपछि खनालकै बैकल्पिक टोलीका रुपमा भर्ना भएका ठाकुर ज्ञवाली र तारिणी लम्साल त्यसपछिको आईजीपीका प्रमुख दाबेदार हुन् ।
ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । अहिलेको सरकारसँग ज्ञवालीको निकट सम्बन्ध भएकाले उहाँलाई नै भावी आईजीपीका रुपमा हेरिएको छ ।
स्रोतका अनुसार ओली सरकारबाट तयारी अवस्थामा रहन निर्देशन समेत भएको छ । आगामि असार अन्तिम सातासम्म ज्ञवाली आईजीपीका रुपमा रहनेछन् । त्यसैगरि माघपछि एआईजी बढुवामा ठूलो मारामार हुने अवस्था देखिन्छ ।
यसरी चयन गर्छ सरकारले आईजीपी
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवासम्बनधी व्यवस्थाको दफा ४१ मा उल्लेख भए अनुसार प्रहरी महानिरीक्षक अर्थात आईजीपी चयन हुने ब्यावस्था छ ।
जसमा उल्लेख भए अनुसार , ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र उनीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ।’
यद्यपी नियमावलीको अन्तमा यो पनि उल्लेख छ नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ । आठ डिआइजीमध्ये जो कोहीलाई सरकारले आइजी बनाउनसक्ने अवस्था रहन्छ । तर सरकारका लागि ज्ञवालीनै उपयुक्त पात्र रहेको बुझिएको छ ।
एआईजीका लागि घम्साघम्सी !
नेपाल प्रहरीमा माघ २८ लगत्तै एआईजीका तीन दरबन्दीका लागि ठुलै घम्साघम्सी हुने पक्कापक्की भएको छ । एक जना आईजीपी भएपछि ज्ञवालीकै ब्याच दुई जना एआईजीका मुख्य दाबेदार हुनेछन् । डिआईजी तारिणी लम्साल र सुर्यप्रसाद उपाध्याय सहित अन्य डिआईजीहरु विच रस्साकस्सी हुने छ ।
त्यसो त, एआईजीकै लागि डिआईजी शैलेश थापा,विश्वराज पोखरेल, हरि पाल र प्रद्युम्न कार्की लगायतका डिआईजी बीच प्रतिस्पर्धा हुनेछ ।