• वीरगञ्ज । मरिच, केराउ र छोहडाको व्यापारमा संलग्न वीरगञ्जका चर्चित व्यापारीहरू हुन्– सञ्जय अग्रवाल, राजा अग्रवाल र नरेन्द्र अग्रवाल ।

    यी व्यापारीसँग धेरै तस्करहरूले सामान खरिद गरी प्रहरीसँगको सेटिङमा भारततर्फ ठूलो मात्रामा मरिच, केराउ र छोहडाको तस्करी गर्दै आएका छन् ।

    यसरी तस्करी गर्ने तस्करहरूमा डिनानाथ साह, अमित रौनियार र राजु पटेल पनि प्रमुख हुन् । उनीहरूले नेपाल प्रहरीको इप्रका पोखरियाका निरीक्षक चन्द्रकुमार सिंह र सशस्त्र प्रहरीको पोखरिया बेसका निरीक्षक हरिबहादुर विष्टलाई मोटो रकम दिई तस्करी गराउँदै आएका छन् ।

    यी तस्करहरूले अग्रवालहरूबाट खरिद गरेको मरिच, केराउ र छोहडा पोखरियास्थितत सन्तोष साहको घरमा ठूलो मात्रामा गोदाम गर्दै आएका छन् । त्यसपछि दुवै प्रहरीको सेटिङमा तस्करहरूले दैनिकरूपमा १६ देखि २० क्विन्टल सामानहरू पिकअपमार्फत् भारततर्फ तस्करी गराउँदै आएका छन् । राति ३ देखि ६ बजेका बीच उनीहरूले पिकअपमार्फत् यी सामानहरूको भारततर्फ तस्करी गर्दछन् । तराईमा राति बाक्लो हुस्सु लाग्ने भएका कारण भएकाले उनीहरूले राति ३ देखि बिहान ६ बजेको समय उपयुक्त भन्दै त्यही समयमा तस्करी गर्ने गर्दछन् ।

    पोखरियाबाट भारतीय सीमा केबल साढे ३ किलोमिटर मात्रै भएका कारण पनि उनीहरूले सहजैरूपमा तस्करी गराउँदै आएका हुन् । अनुकूल हेरेर यी तस्करहरूले कहिले जानकीटोला त कहिले आसवारी र सवेडवा नाकालाई प्रयोग गर्ने गरेका छन् । उनीहरूले स्थानीय चौकीका प्रमुखलाई पनि मासिक रकम दिएर ठूलो मात्रामा तस्करी गर्ने गरेका छन् ।

    केही दिनअघिमात्रै तस्करी गराएको अभियोगमा २ नम्बर प्रदेशका प्रहरीका डिआइजी प्रद्युम्न कार्कीले जिप्रका पर्साका घुमुवा सिपाही विजय यादवलाई निलम्बन गरेका छन् । सशस्त्रको पोखरियास्थित बेसक्याम्पका निरीक्षक विष्ट बाहिनीबाट सोझै खटिएका हुन् । नव जनप्रहारबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…