दीप लिम्बू।
फेब्रुअरी-८,क्वालालम्पुर।
किरात याक्थुङ चुम्लुङ मलेशियाको पहलमा मृतक सुनिल थाम्सुहाङ लिम्बुको सब नेपाल फर्काईएको छ।रोजगारीको शिलशिलामा ६ बर्षा अगाडि ग्लोबल स्पेस्लिस्ट एड.डि.एन बि.एच.डी कम्पनीमा आइपुगेका सुनिल गत एक बर्ष यता अबैधानिक रुपमा कार्यरत थिए।
[caption id="attachment_71837" align="alignnone" width="295"] कि.या.चु मलेशिया अध्यक्ष श्रद्धाञ्जली अर्पण गर्दै।[/caption]
सुनिल थाम्सुहाङ्ग पाँचथर फालेलुङ्ग गाउपालिका वडा नम्बर-१ स्थायी निवासी हुन।गत २५ जनुवरी राती मलेशियाको सुबाङ्ग क्षेत्र स्थित सवारी दुर्घटनामा परि उनको घट्ना स्थलमै मृत्यु भएको थियो।पारिवारिक पृष्ठभुमि अत्यन्त नाजुक रहेको र सब लाई नेपाल फर्काउन लागत रकम जोह गर्न नसक्ने भएपछि किरात याक्थुङ चुम्लुङ्ग मलेशियाको नेतृत्वमा आर्थिक सङकल अभियान संचालन गरेको थियो।
सो अभियानमा गैर आवसिय नेपाली संघ मलेशिया लगायत विभिन्न संघ सस्था तथा ब्यक्तिहरु बाट रकम सङकल गरेर सब लाई आज मिति फेब्रुअरी-८ तारिक मृतकको सब नेपाल पाठाई सकिएको जानकारी कियाचु मलेशियाका अध्यक्ष दिल कुमार केरुङ्ग लिम्बूले रातोकलम अनलाइन सम्बादाता लाई जानकारी दिएका हुन।