•  

    काठमाडौं, २५ माघ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा प्रदर्शन गर्ने विवेकशील नेपाली दलका रन्जु दर्शनासहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लागउने/नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै विवेकशीलले ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियानअन्तर्गत शनिबार प्रदर्शन गरेको हो ।

    विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई छाड्न माग गरेकी छन् ।

    ‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं,’ उनले भनेकी छन् ।

    संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु प्रहरी नियन्त्रणमा रहेको राईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रहरीले गिरफ्तार गर्दै गर्दाको तस्विर हेर्नुहोस्-

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…