माघ २५, पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी सस्थाले आफ्नो स्थापना दिवस सम्मान तथा राहत प्रदान गरेर मनाएको छ ।
२०५९ सालमा स्थापना भएको सहकारीले आफ्नो १७ औ स्थापना दिवसमा सस्थाकी जेष्ठ नागरीक ७२ बर्षिय कृष्णमाया राई, संचारकर्मी गोपाल काफ्ले लाई पत्रकारीता पुरस्कार २०७६ बाट सम्मानित गरिएको छ ।, स्थापना दिवसको अवसरमा ५ पिन्टभन्दा बढी रक्तदान गर्ने संस्था जनता मा.वि, समृद्धि कृषि फार्म, नमस्ते बुद्ध इन्भेष्टमेन्ट कम्पनी लाई सम्मान गरेको छ ।
सोही अवसरमा संस्थाले ५ जना एकल महिला लाई २ हजारका दरले राहत बितरण वितरण गरेको छ । साथै वक्तृत्वकलामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण समेत वितरण गरेर आफ्नो स्थापना दिवश मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सम्मानित संस्था र व्यक्तिहरुलाई सम्मान पत्र वितरण गर्नु भयो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी बास्तोलाले सहकारी आफ्ना सदस्यहरुको दुखको साथी बनेको बताउदै घरमा पैसा राख्ने र झिक्ने गरे झैँ सहजै राख्न र झिक्न मिल्ने भएकाले सहकारीमा आबद्द भए जीवन सहज हुने बताउनु भयो ।
विभिन्न सहकारीहरुले शेयर सदस्यहरुलाई ठगी गरेको प्रसंग उल्लेख गर्दै उपप्रमुख बास्तोलाले सहकारीहरुको अनुगमन गरिने भएकोले सजगताका साथ कार्य सम्पादन गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य चण्डि प्रसाद राईले सहकारीले सदस्यहरुको आर्थिक अवस्था सबल बनाउन महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो ।