एजेन्सी । थाइल्यान्डको राजधानी बैंकको उत्तरपूर्वमा रहेको नकोट रेटचासीमा सहरमा एक सैनिक जवानले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यमका अनुसार उनले चलाएको गोली लागेर १२ जनाको मृत्यु भइसकेको छ ।
थाइल्यान्डको रक्षा मन्त्रालयका प्रवक्ताले जकराफन्थ थोमा भन्ने व्यक्तिले आफ्ना अफिसरमाथि आक्रमण गर्नुभन्दा पहिले सैन्य क्याम्प, बौद्ध मन्दिर तथा सपिङ सेन्टरमा आक्रमण गरेको बताएका छन् ।
संदिग्ध ती व्यक्ति त्यही सपिङ सेन्टरमा लुकेको हुनसक्ने बताइएको छ । एउटा सपिङ सेन्टरको छेउमा गोलीबारी भएको बताइएको छ ।