उपत्यकामा रहेका लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात लिम्बू संघको एकता भेला सम्पन्न भएको हो ।
पुर्ब एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक किराँत लिम्बुसंघ र पुर्बमाओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चाको एकता भेला काठमाडौको पेरिस डाँडामा सम्पन्न भएको छ ।
खडग प्रसाद सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रिय संयोजक मुक्सामहाङ मेन्याङ्बोले गरेको थियो भने अतिथिहरुमा नेकपा प्रदेश नम्बर १ का प्रदेश सम्पर्क समितिका सचिव तथा पूर्व सांसद धुर्ब आङदेम्बे,सुनुवार राष्ट्रिय मुक्तिमोर्चाका उपाध्यक्ष तथा आदिवासी जनजाती महासंघका उपाध्यक्ष किरण सुनुवार,मोर्चाका सहसंयोजक त्रीबेणी चोङ्बाङ र किराँत राष्ट्रिय मुक्ति मोर्चाका बिरशिला राई लगायत सहभागी थिए ।
कार्यक्रममा एक नम्बर प्रदेशको नामाकरण संयुक्त पहिचानको आधारमा लिम्बुवान किराँत हुनुपर्छ भनी यस मोर्चाले पहल गरि पहिचानबादी २२ घटकहरुको संयुक्त संघर्ष समिति गठन भएको छ।
१ नम्बर प्रदेश अन्तरगतको प्रत्येक जिल्लामा संयुक्त संघर्ष समिति गठन गर्ने,कोणसभाहरु गर्ने,धर्ना लगायतका दवाफमुलक कार्यक्रम परिचालन गर्ने मोर्चाले पहल कदमी लिईराखेको र अहिलेसम्म १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई र सभामुखलाई ज्ञापनपत्र बुझाईएको केन्द्रिय कार्यालय सदस्य पकण्डी लिम्बुले रातोकालामलाई जानकारी दिए ।
एकता भेलाले ३ जिल्लाको कमिटी गठन गरेको हो जसमा, मोहन थेबेको संयोजकत्वमा २४ सदस्यीय काठमाडौ जिल्ला कमिटी गठन गरेको छ भने प्रीय कुमार नेम्वाङको संयोजकत्वमा ३१ सदस्यीय ललितपुर जिल्ला कमिटी गठन भएको छ,त्यसैगरी खडक प्रसादको संयुजकत्वमा ११ सदस्यीय भक्तपुर जिल्ला कमिटी गठन भएको छ।