काठमाडाैँ, २६ माघ । नेपाल आइडल सिजन ३ मा चटपटेवालीको नामले परिचित रचना रिमाल नेपाल आइडलमा जानुभन्दा पहिला नै चर्चामा थिइन । झापा भाद्रपुरकी रचनाको नेपाल आइडलमा पुगेपछि झनै चर्चा चुलिएको छ । सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि नकै मिठो थियो । बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे ।
निकै मीठो उनको स्वरले स्कुल देखि पुराण लगायत जुनसुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो । धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी रचनाले अब नेपाल आइडलको पुरस्कार पाउने कुरामा धेरैले सम्भावना बोकेकी कलाकार भनेर भनेका छन । नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुति संगै हरेक हप्ता जजहरुको पनि निकै तारिफ पाउदैछिन ।
यहिँ बिचमा एक मिडिया झापाको बिर्तामोडस्थित रचना रिमालको घर पुगेको छ । घरमा पुग्दा निकै दयनीय अवस्था देखियो । रचनाले बेच्ने चटपटे पसल बन्द रहेको अनि आमाले पनि आँखा नदेखेर लुगा सिलाउने काम गर्न छाडेको रहिछन् । रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेछन ।
रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको आमाले बताइन । रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन । रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन । आमाका अनुसार निकै गरिबीमा रचनाको परिवारले जसोतसो खान लाउन पुर्याउदै गरेको र रचनाको भोटिङका लागि आफ्ना परिवारले मन हुदा हुँदै पनि केही पनि खर्च गर्न नसक्ने बताउदै आँसु नै झारिन । रचनाकी आमाले रचनाको बाल्यकाल सम्झिन्दै घुरु धुरु रोइन् । रचनाको परिवारसंग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोला ।
https://youtu.be/REc-OksWhCs