माघ २६, पथरी ।मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप प्रमुख युमना विष्टले विकाश निर्माणको क्षेत्रमा काम गर्ने ठेकेदारहरु मोटाउदै गएको बताउनु भएको छ ।
तिन तहको सरकार निर्माण भए सगै स्थानिय तहमा जनप्रतिनिधि आएपछि जनताले विकाशको आवाश गरिरहे पनि च्याउ सरि उम्रिएका ठेक्का पट्टा गर्ने व्यावसायिहरुले स्थानिय सरकारले विकाश निर्माणमा लगाएको रकम खर्चेर आफु मोटाउन तिर लागेको बताउनु भएको हो ।
शनिवार लर्ड बुद्ध साकोसको १७ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउुन भएको हो ।
निर्माण व्यावसायिका रुपमा आएका ठेकेदारहरु कुनै न कुनै पार्टी निकट र स्थानिय सरकारकै जनप्रतिनिधिका निकट भएका कारण घुमाउरो तरिकाले अनिमितता गर्दै स्थानिय सरकारको रकममा हालीमुहाली गर्ने गरेको आरोप लगाउनु भएको छ ।
“स्थानिय क्षेत्रको विकाशका लागि आएको बजेटमा स्थानिय सकरकारले चनाखो भएर खवरदारीका साथ काम गरिरहेको छ । कहि कतै कमजोरी हुन सक्छन् हामीलाई सुझाव दिनुहोला हामी सुझावलाई मनन गर्दै अघि बढ्छौ ।”
“स्थानिय जन प्रतिनिधि भनेको नगरका गोठाला हौँ गोठालो गर्ने क्रममा कही कतै चोरी हुन सक्छ किनकी धेरै तिर बाट बाटो घाटो खोलेका छौ एक तिर हेर्दा–हेर्दै अर्को तिर सानो तिनो चोरी भएको अवस्थाहरु पनि छन् तपाईले बुझिरहनु भएको छ । हामीले खवरदारी गरिरहेका छौ, अनुगमन गर्ने क्रममा हाम्रौ ध्यान नपुग्न सक्छ, तपाईको घर अगाडी आएको बजेटमा कुन किसीमले काम हुदै छ, कस्ले काम गर्दै छ, कुन ठेकेदारले लिएको छ, त्यसको अनुगमन गर्ने अधिकार तपाईलाई पनि छ, उपप्रमुख मात्र हैन नागरीक प्रत्येक अनुगमनको संयोजक हो ।”
यस्तै उपप्रमुखले जनप्रतिनिधिले स्थानिय क्षेत्रको विकाशका लागि घडिको चालमा काम गर्दा पनि स्थानिय संचार माध्यमले नदेखेको गुनासो गर्नु भएको छ ।
“जनप्रतिनिधि भएर आएपछि भौतिक विकाशको क्षेत्रमा उल्लेख्य काम भएको छ पुल पुलेसा, बाटो लगाएतका भौतिक विकाशमा छर्लङग देखीनै गरि परिवर्तन आएको भएपनि स्थानिय संचार माध्यमले भने देखेनन् ।”
स्थानिय सरकार आईसकेपछि गाँउ घरको स्वरुपमा नै परिवर्तन आएको उपप्रमुखको दावी रहेको छ ।
घडिको चाल सगै आफुले अनुगमनको पाटोलाई लिएर जादै गर्दा कही कतै कमजोरी हुन सकेको र आफ्नो ध्यान पुग्न नसकेको अवस्थामा सल्लाह र सुझावको आधारमा त्यस्ता कार्यहरुलाई पनि अगाडी वढाउदै लैजाने बताउनु भएको छ ।
हुन त निर्वाचन ताका चुनावमा हुमिएका उमेरद्वार हरुलाई तिनै ठेकेदारहरुले आर्थिक सहयोग पनि गर्ने गरेको पाईएको छ ।
निर्वाचनका वेला आर्थिक सहयोग पाएर चुनावी माहोलमा होमीएका कति उमेरद्वारले चुनाव जिते कतिले हारे अव जित्नेहरुले थोरै–थोरै भए पनि नुनको सोझो गर्ने प¥यो नि हैन र ?
निर्वाचनमा सजिलै टिकट कसले पाउँछ ? जसले राजनीतिक नेतृत्वलाई पैसा दिन्छ प्राय उसैले टिकट पाउने हो ।
पैसाको बलमा टिकट पाउने भएपछि राजनितिक कार्यकर्ताले पनि चुनावका बेला ठेकेदारलाई राम्रै महत्व दिएका हुन्छन् र त्यही मान्छे जब निर्वाचित भएर जन प्रतिनिधिका रुपमा आउछन् अनि ठेकेदार मोटाए खवदारी गरौ भन्ने हिम्मत कस्ले गर्न सक्छ ।
यो कुरालाई हेर्ने हो भने हाम्रो निर्वाचन प्रणालीनै महँगो शैलिको भएको कारण अहिले स्थानिय सरकार देखी लिएर केन्दि«य सरकार सम्म भ्रष्टाचार मौलाएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्ति कुनै पेसा, व्यवसायमा रहँदा त्यहाँ स्वार्थको द्वन्द्व उत्पन्न हुने सैद्धान्तिक मान्यता छ । स्वार्थको द्वन्द्व भ्रष्टाचारको स्वरूप हो । तर, नेपालमा स्वार्थको द्वन्द्वलाई राजनीतिक प्रणालीले नै स्वीकार गरेको छ ।
सोही कुरालाई उधृत गर्दै एउटा विषेश स्रोत भन्छ–“पदमा पुगेर कराउनी निर्वाचनको बेला लाई फर्केर नर्हेनी”।