बैङ्कक, २६ माघ । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध च’लाएको गो’ली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
उहाँले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घ’टनामा अरु ५७ जना घाइते भएका छन् । उक्त घटनमा गो’ली च’लाउने सैनिकको पनि मृत्यु भएको छ ।देशको नाकोर्न रात्चासिमा सहरमा रहेको एउटा किनमेल केन्द्र (सपिङ मल) मा एक जना मानसिक अस्वस्थ सैनिक क’मान्डोले अन्धाधुन्ध गो’ली च’लाएका थिए ।
ती सैनिकले ब्यारेकबाट एउटा स्वचालित ह’तियार ‘हुम्वी’ चो’रेर शहर पसेको र अन्धाधुन्ध गो’ली च’लाएको थाई स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।
प्राप्त जानकारीमा आ’क्रम’णकारी भनिएका ती सैनिकले गो’ली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको पनि प्रहरीले बताएको छ ।
फेसबुकमा पे’स्तोल र तीन गो’लीको तस्बिर राखेर ‘अब मजा गर्ने समय आएको’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए । फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ ।
जक्रफन्थ थोम्मा नामक ती व्यक्तिलाई पनि सुरक्षाकर्मीहरुले मा’रिदिएका छन् । ह’तियारधारी ती सैनिकलाई कब्जामा लिन गरिएको कार’बाहीका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
स्थानीय समय अनुसार शनिबार ९.३० बजेतिर प्रहरीले ३२ वर्षीय ती ब’न्दुकधारी मा’रिएको पुष्टि गरेको हो । ती ब’न्दुकधारीलाई भवनको पछिल्तिरबाट भा’ग्न खोजेपछि प्रहरीले ‘प्र’हार गरेको थियो । आ’त्मसमर्पण गर्न लगाउन उनकी आमालाई पनि त्यहाँ लगिएको थियो ।
शनिवार आफ्नो क’मान्डरलाई मा’रेर सैनिक शिविरबाट ह’तियार चोरेको अहिलेसम्मको अनुसन्धानबाट देखिएको अधिकारीहरुले बताएका छन् । (रासस-सिन्ह्वा)