• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास हुन नसकेको बताएका छन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा बोल्दै ओलीले विकासको गति सुस्त भएको भन्दै मन्त्रीहरूसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनले सरकारको लक्ष्यअनुसार विकास निर्माण कार्यले तीव्रता पाउन नसकेको बताए ।‘केही प्रगति भएका छन्, राम्रा काम पनि भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, सन्तोषजनक भएन, पुँजीगत खर्च अत्यन्त कम भयो, वैदेशिक लगानीका आयोजना पनि ढिला भए । आयोजना जति ढिलो भयो, प्रतिफल पनि ढिलै प्राप्त हुन्छ ।’

    उनले मुलुकलाई अहिले तीव्र विकास आवश्यक रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न मन्त्री, सचिव तथा आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्मको प्रगति, समितिको अघिल्लो बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था तथा बैठकबाट समाधान गर्नुपर्ने समस्याहरू प्रस्तुत गरेपछि प्रधानमन्त्री ओलीले बैठकमा सम्बोधन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…