माघ २७, पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले संचालन गरेको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान अन्र्तगत दोस्रो दिनको कार्यक्रम सम्पन्न हुदा १५ हजार बढिले औषधि सेवन गरेको बताइएको छ ।
जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेकोमा दोश्रो दिन ९ हजार २ सय ४६ जनाले औषधि सेवन गरेका छन ।
अभियानको दोश्रो दिन वडा नम्बर १ मा १ हजार १९ , २ मा ९ सय ७८ , ३ मा ८ सय ९४, ४ मा १ हजार ८४, ५ मा १ हजार २ सय ७४, ६ मा १ हजार २ सय १, ७ मा ६ सय ६४, ८ मा ५ सय ९०, ९ मा ९ सय ५४ र १० नम्बर वडामा ६ सय ४८ जनाले औषधी सेवन गरेका छन ।
हिजो घरका साथै विभिन्न वडाका विद्यालयमा समेत औषधि खुवाइएको छ । अभियानको पहिलो दिन वडा नम्वर १ मा १ हजार २ सय ८७, २ मा ३ सय ७०, ३ मा २ सय ९८, ४ मा ७ सय ९५, ५ मा ६ सय ६४, ६ मा ८ सय ९९, ७ मा ४ सय ४४, ८ मा ३ सय २८, ९ मा ६ सय ८७ र १० मा ४ सय १८ जनाले औषधि सेवन गरेको स्वास्थ्य संयाजक मुरारी आचार्यले जनाउनु भयो ।
पहिलो दिन माघ २५ गते वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए । नगरका सञ्चारकर्मीहरु वडा विभाजन गर्दै वडा वडामा पुगेर औषधि सेवनमा प्रोत्साहन गर्दै रिपोर्टिङमा खटिएका छन् ।
शुक्रबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राई र पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन् गरेपछि हिजोबाट वडा वडामा औषधि सेवनको अभियान अघि बढाइएको हो ।
अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ ।
सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख राईले वताउनु भयो । कार्यक्रममा पथरी नगर अस्पतालका डा. सावन मेहताले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गर्नुभयो ।
नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम अघि बढेको छ ।
१० वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि अभिमुखीकरणका साथै प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गरिएको छ ।
साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम सञ्चालन भएको छ ।
गत वर्ष पथरी शनिश्चरेमा ८९ प्रतिशतले औषधि सेवन गरेका थिए । यो वर्ष प्रदेश नम्वर १ मा मोरङका साथै झापा र धनकुटामा यो अभियान सञ्चालनमा छ ।