मोरङ । भनिन्छ जन्म,मृ त्यु र बिवाह आफ्नो वशमा हुन्न,यी तिनै चिज हाम्रो कल्पना भन्दा बाहिर हुन्छ,मोरङको विराटनगरमा यस्तै एउटा संयोगको घटना भएको छ ।
एक घण्टाको फरकमा एकैघरका दुई जना दाजुभाइको मृ त्यु भएको छ । राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृ
त्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृ
त्यु भएको हो ।
दुवैजनाको उच्च रक्तचापका कारण मृ
त्यु भएको बताइएको छ । ५३ र ५५ वर्षका दाजुभाइमध्ये काशी शाकाहारी भोजन गर्थे । पूर्व टंकिसिनुवारी २ बाट निर्वाचित वडा सदस्यसमेत रहेका उनलाई उच्च रक्तचापका कारण सामान्य पक्षघात भएको थियो । शनिबार बिहान पौने ३ बजेको समयमा उनको निधन भएको थियो । काशीको निधन भएको केही समयमै दाजु इश्रालाल माझीको पनि मृत्यु भयो । उहाँको पनि उच्च रक्तचापका कारण ज्यान गएको स्थानीय इन्द्र न्यौपानेले जानकारी दिए ।