काठमाडौं, २७ माघ । आज दिउँसो बसेको मन्त्रिपरिषद बैठक बिना निस्कर्ष टुगिएको छ ।
बैठकले निस्कर्ष विहिन भएपछि नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन ।
बर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।
स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामवहादुर थापा विच गोप्य बैठक बसिरहेको स्रोतले बतायो ।
खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् ।
यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।
यदि प्रहरीको आईजीपी नटुङ्गे एआईजी डाक्टर आशा सिंहले कार्यकारी सम्मालने चर्चा चलेको छ ।