• काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ ।

    झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन । ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

    सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारवाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए । सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ ।

    अवरोधका कारण उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेश गर्न पाउनुभएन । -रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…