• काठमाडौं । दिनप्रतिदिन ओरालो लाग्न थालेपछि ठूलो मिडिया हाउस कान्तिपुरले आगामी दिनमा नयाँ तरिकाले पत्रिका अघि बढाउन व्यवस्थापकीय र सम्पादकीय रणनीति तय गर्ने भएको छ । त्यसमा व्यवस्थापन हेरफेर देखि इकान्तिपुरलाई मजबुत बनाउनेसम्मको कार्यक्रम रहेको निकटस्थहरूले जानकारी दिएका छन् । हरेक साता घाटामा चल्दै आएको कान्तिपुरको साप्ताहिक आउटलेट, नेपाल साप्ताहिकलाई निरन्तरता दिने कि नदिने भन्ने बहस पनि थालिएको छ ।

    नेपालका सम्पादक बसन्त बस्नेतले सानो टिमलाई समेत चलाउन नसकेको र बाह्य एजेण्डा जबर्जस्त घुसाएर राज्य पक्ष्ँलाई टाढा बनाएको विश्लेषण व्यवस्थापनको रहेको स्रोत बताउछ । बस्नेत आफैले ल्याएका पत्रकारहरू ६ महिना पनि बस्न नपाउदै उनको टिम छाड्न थालेपछि पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया गम्भीर भएका छन् । विभु लुइँटेल, क्रान्ति पाण्डे, बाबुराम विश्वकर्मासहित आठ जनाले उनको साथ छाडिसकेका छन् । बाँकी पत्रकार पनि कतिबेला छोड्ने हुन भन्ने त्राहीमाम रहेको पत्रकारहरू बताउछन् ।

    नेपाल, काठमाडौं पोष्टको घाटा त पहिलेदेखिकै हो । कान्तिपुर दैनिककै पाना दिनहँु दुब्लाउदै गएको, विज्ञापन विनै पत्रिका छापिरहनुपर्ने र विक्रीको बजार घट्दो क्रमले व्यवस्थापनलाई तनाब दिएको स्रोत बताउछ । एकवर्ष अघि विदेशी लगानी भित्रिएकाले आफू काम गर्न नसक्ने भन्दै हिंडेका सुधीर शर्मा पहिलेको कुरा विर्सिदै पुनः फर्किएका थिए । उनी फर्किएपछि उक्त आरोपले कान्तिपुरलाई नराम्ररी थला पारेको र जनमानसमा कान्तिपुरप्रति भरोसा घटेको विश्लेषण सिरोहिया निकट समूहले गरिरहेका छन् ।

    नेकपाका अध्यक्ष प्रचण्डको दबाबमा पुन कान्तिपुर प्रवेश गरेपनि शर्माले पत्रकार कर्मचारीलाई सन्तुलनमा ल्याउन नसकेको गुनासो उत्तिकै छ । पत्रिकाको नाफा प्रतिशत घट्दै गएपछि व्यवस्थापनले अन्य विकल्पहरू सोचेको हो । पत्रकार, कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिलाउन समन्वय नगर्दा प्रधानसम्पादकप्रति गुनासा बढ्दै गएका छन् । शर्मालाई पुन भित्र्याउदा सिरोहियाले एक्लै निर्णय गरेका थिए । तर, पत्रिका घाटातिर गएपछि निर्देशक स्वस्तिका सिरोहिया र छोरा सम्भव सिरोहियाले पनि चासो दिन थालेका छन् । पहिलेपनि शमासंग नै मतभेद भएर व्यवस्थापनबाट अलग बसेको चर्चा थियो । फेरि सम्भव सक्रिय हुन थालेपछि पत्रकार र कर्मचारीहरू विभिन्न अड्कल काट्न थालेका छन् ।

    पछिल्ला दिनहरूमा अध्यक्ष्ँ कैलाशले आफ्ना निकटका उद्योगी–व्यवसायी, बैंकर्सका साथै श्रीमती र छोरासँग बारम्बार पत्रिकाको विकल्पबारे गम्भीर छलफल गरिरहेको एकजना सम्पादकले जानकारी दिए । केही गरी नेपाल साप्ताहिक बन्द हुने अवस्था आयो भने बाँकी रहेको टिम अनलाइनतिर मर्ज हुने सम्भावना उनले देखाए ।

    कान्तिपुरमा शर्माको पुनरागमनपछि पनि सुधारको संकेत देखा परेको छैन । पत्रिकालाई साविकको माओवादी लाइन अनुसार अघि बढाएको विषय कान्तिपुरको न्यूजरुममै पटक पटक छलफल भइरहेको छ । सुधीर शर्माले पछिल्लो कन्क्लेभ भेलामा प्रचण्डलाई विशेष भूमिका दिएको विषयले पनि नेकपाभित्र चर्चा पाएको छ ।

    पत्रकार महासंघप्रति गुनासो
    कान्तिपुर, नागरिक, कारोबारलगायत पत्रिकार र अधिकांश टेलिभिजनमा श्रमजीवी पत्रकारका तलब नपाएका समस्या बढ्दै गएपनि नेपाल पत्रकार महासंघका पदाधिकारी घुमफिरमै ब्यस्त रहेको भन्दै आलोचना हुन थालेको छ । नागरिककर्मीले तीन महिनादेखि नपाएको तलबका लागि २०७६ माघ २५ गतेसम्म अल्टीमेटम दिएका थिए । व्यवस्थापन मंसिरको मात्र तलब दिन राजी भएको जानकारी दिएपछि कुरा मिलेको छैन । कान्तिपुरमा न्यूनतम पारिश्रमिक नभएर पत्रकारहरूले प्रेस पास नै पाएका छैनन् ।

    महासंघ अध्यक्ष्ँ गोविन्द आचार्य दुबईलगायत स्वदेश÷विदेश भ्रमणमा व्यस्त छन् । महासचिव रमेश विष्ट पनि युनियनको कार्यक्रमका लागि भ्याली बाहिरै रमाइरहेका छन् । विभिन्न देवी–देवताको मन्दिरमा दर्शन गर्न जाउआउ गर्दागर्दै महासचिव विष्टको समय वित्न थालेपछि सचिव रामप्रसाद दाहालले आफ्नै पदाधिकारी विरुद्ध आगो ओकल्दै हिंड्न थालेका छन् ।

    ‘अन्नपूर्ण’को बैग्लै व्यथा
    उता, ‘अन्नपूर्ण पोष्ट’ दैनिकका पनि तलबको समस्या देखा पर्ने संकेत देखिएको छ । त्यहाँका पत्रकार कर्मचारीले २०७६ मंसिरसम्मको मात्र तलब पाएका छन् । न्युनतम पारिश्रमिकको समस्या भने सो पत्रिका गृहमा नरहेको पत्रकारहरू सुनाउछन् । प्रधान सम्पादकमा हरिबहादुर थापा गएपछि सुरुमा जुन गति लिएको थियो, त्यसमा अवरोध भएको विश्लेषण मिडिया बजारमा गर्न थालिएको छ । केही पत्रकारले एकलौटी गरेको, बाहिरी धन्दा चलाउदा पनि थापाले कारवाही गर्न नसकेको गुनासो छ ।साँघुमा समाचार छ ।

    अन्नपूर्णको विचार पृष्ठ संयोजक विनोद न्यौपानेले पार्टीभित्र पनि एउटा गुटका नेताको लेखलाई बढी स्थान दिएको, अरुका नामबाट आफैले लेख लेखिदिएको र पारिश्रमिक पनि आफैले बुझ्ने गरेको चर्चा चल्न थालेको छ । पत्रिकालाई दुहुनो गाई बनाउदा पनि सुशासनका पक्षपाति मानिने प्रधानसम्पादक थापा कसरी मौन बस्न सकेका होलान् भनी पत्रकार प्रश्न उठाउन थालेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…