• नेपाल चिकित्सक संघको अध्यक्षमा प्रजातन्त्रवादी प्यानलका डा. लोचन कार्की निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार डा. कार्की ४ हजार १११ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम् प्रतिप्रस्पर्धी डा. पुष्पमणि खरालले एक हजार ९७९ मत ल्याएर संघको २८ औं अध्यक्षमा निर्बाचित भएका हुन्।

    बरिष्ठ उपाध्यक्षमा डा. शिबप्रसाद श्रेष्ठले ३ हजार ५९५, उपाध्यक्षमा डा. अनिलबिक्रम कार्कीले ३ हजार ९४५, महासचिवमा डा. बद्री रिजालले २ हजार ४३१, कोषाध्यक्षमा डा.प्रकाश बुढाथोकीले ३ हजार २७८, सहसचिवमा डा. निरजकुमार सिंहले ३ हजार ७९० र सहकोषाध्यक्षमा डा. विश्वलराज दवाडीले ३ हजार ९३५ मत पाएर बिजयी भएका छन्।

    अध्यक्षमा निर्वाचित भएसँगै डा.कार्कीले चिकित्सकको हकहितसँगै संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकारको रक्षा र कार्यान्वयनका लागि व्यबसायीक संस्थाको नेतृत्वको रुपमा ठोस काम गर्ने बताएका छन्।

    अध्यक्ष
    १. डा. लोचन कार्की – ४१११
    २. डा. पुष्पमणि खराल १९७९

    वरिष्ठ उपाध्यक्ष
    डा. शिवप्रसाद श्रेष्ठ – ३५९५
    डा. रक्षा श्रेष्ठ २२६२

    उपाध्यक्ष
    डा. अनिलविक्रम कार्की ३९४५
    डा. रञ्जीतकुमार झा १९५४

    महासचिव
    डा. अजयकुमार मिश्र ८६९
    डा. बद्री रिजाल २४३१
    डा. दीपेन्द्र पाण्डे १३०१
    डा. मधुर बस्नेत – १३७८

    कोषाध्यक्ष
    डा. प्रकाश बुढाथोकी ३२७८
    डा. सञ्जीतकुमार साह २५७९

    सहसचिव
    डा. निरजकुमार सिंह ३७९०
    डा. शैलेन्द्र झा १८९४

    सहकोषाध्यक्ष
    डा. विश्वाराज दवाडी ३९३५
    डा. उदयनारायण सिंह १९४२

    सदस्यहरु
    १. डा. अमित चतुर्वेदी १५७४
    २. डा. विक्रान्त ढकाल २५८६
    ३. डा. विपेश आचार्य २८८०
    ४. डा. दीपकप्रसाद कोइराला १८६८
    ५. डा. जगदीशचन्द्र विष्ट १२४९
    ६. डा. लिजन महर्जन २८७२
    ७. डा. नन्दकुमारी गुरुङ ३३१६
    ८. डा. प्रमोद जोशी २७९६
    ९. डा. प्रवीणकुमार गिरी ७४७
    १०. डा. राकेश कुमार साह २३१३
    ११. डा. रितेश थापा ३७१७
    १२. डा. सञ्जीव तिवारी ३००४
    १३. डा. सुमान काफ्ले २२२६
    १४. डा. त्रिभुवन चन्द्र झा १८१३

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…