• माघ २८, २०७६ काठमाडौँ :

    त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ।

    निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको सम्भावना टरेको हो।

    यस बीचमा विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन। नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बताए। नेविसङ्घ केन्द्रीय समिति गठन भइसकेको अवस्थामा निर्वाचनमा जान आफूहरूलाई कुनै समस्या नहुने उनको भनाइ छ।

    नयाँ मिति तय गरेर निर्वाचनमा जान सङ्घ तयार रहेको उहाँले जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ।

    अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने झण्डै एक महिना पर सर्ने अवस्था रहेको बताए। नेविसङ्घले एक महिना हाराहारीको समय तयारीका लागि चाहिन्छ भनेकाले चैत दोस्रो सातातिर निर्वाचन हुने संयोजक महरको भनाइ छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…