• एजेन्सी, २८ माघ । ब्राजिलका लेजेण्ड फुटबलर पेले एक्लै हिँडडुल गर्न नसक्ने भएका छन् । लामो समयदेखि ह्विल चियरबाट हिडडुल गर्दै आएका पेलेलाई ह्विल चियरमा पनि अरुकै साथ चाहिने भएको हो । उनको यस्तो अवस्था भएपछि घरबाहिर निस्कन छाडेका उनका छोराले बताएका छन् ।

    तीनपटकको विश्वकप फुटबल विजेता तथा सर्वकालिन फुटबल खेलाडी पेलेलाई मुत्र संक्रमण भएपछि गत वर्ष अस्पताल भर्ना गर्नुपरेको थियो ।

    ७९ वर्षिय पेलेलाई कम्मरसम्बन्धी समस्या रहेको छ जसका कारण उनलाई हिँड्डुल गर्नका लागि फ्रेमको आवश्यक्ता पर्ने गरेको छ । यसै समस्याका कारण केही समय यता पेले सार्वजनिक कार्यक्रमहरूमा ह्वीलचेयरमा देखिदैं आएका छन् ।



    ‘उहाँ आजकल निक्कै निष्क्रिय र एक्लै बस्न रुचाउने हुनुभएको छ’, पेलेका छोरा एडिन्होले टिभी ग्लोबोसँग भने ।

    सर्वकालिन महान् फुटबल खेलाडी पेलेले आफ्नो २१ वर्ष लामो फुटबल करियरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका छन् जुन आफैमा विश्व रेकर्ड हो । उनले ब्राजिलका लागि ९१ खेल खेल्दै ७७ गोल गरेका छन् ।

    ६ महिनाको अवधिमा दोश्रो पटक अस्पताल भर्ना गर्नुपरेपछि छ सन् २०१५ मा उनको प्रोटेस्टेडको सर्जरी गरिएको थियो ।

    ‘कल्पना गर्नुस्, उहाँ राजा हुनुहुन्थ्यो जसको कस्तो आकर्षक परिचय थियो र आजको दिन छ, उहाँ राम्ररी हिँड्डुल गर्न सक्नुहुन्न’, एडिन्होले भने ।

    ‘उहाँको अवस्था एकदमै नाजुक छ । उहाँको कम्मरको शल्यक्रिया गरिएको थियो तर त्यसले खासै राम्रो फाइदा पुर्‍याएन । त्यसैले उहाँलाई हिँड्डुल गर्न समस्या परिरहेको छ र यसले उहाँलाई एक किसिमको निराशामा लगेको छ’, उनले भने ।

    यसै वर्षको जुनमा पेलेले अन्तिम विश्वकप जितेको ५० वर्ष पुग्दैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…