झापा, दमक, २८ माघ । झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना दिंदै आएका कुमार राई रुँदै मिडियामा आएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेर स्टल राखेर खाना खुवाउदै आएका कुमारलाई ट्राफिक प्रहरीले स्टल हटाउनु भनेपछि उनि रुदै मिडियामा आएका हुन् । उनलाई ट्राफिक प्रहरीले बाटोमा डिस्टर्ब भएकोले स्टल हटाउनु भन्दै ट्राफिक कार्यालयमै लगेर कु’टपि’टसमेत गरेको आ’रोप लगाएका छन् ।
उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिदै आएका छन् । इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो ।
बाँकी तलको भिडियोमा हेर्नुहोस्-
https://youtu.be/cOx0KdWE3SI