उर्लाबारी । भूमिगत विप्लव समूहका मोरङ सेक्रेटरी उदय राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा सोमबार अध्यक्ष प्रचण्डबाट टीका र खादा लगाएर राई नेकपामा प्रवेश गरेको उनका आफन्तले बताए । एकताकेन्द्र मसालबाट माओवादीमा प्रवेश गरेका राई माओवादी विभाजित हुँदा विप्लव समूहमा लागेका थिए ।
मोरङको बेलाबारी घर भएका राई सांस्कृतिकर्मी पनि हुन् । राईले विप्लव समूहमा अराजकता, हिंसात्मक राजनीति र अर्थवाद मौलाएको हुनाले पार्टी परित्याग गरेको वक्तव्य मार्फत जनाएका छन् ।