काठमाडौं, माघ गते । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको गृहमन्त्रालयको सचिवालयले जानकारी दिएको छ । उहाँ प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । हाल आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँ ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदै हुनुहुन्छ ।